सालिनदीबाट व्रतालुहरु पशुपति क्षेत्रमा आइपुगे

सालिनदीबाट व्रतालुहरु पशुपति क्षेत्रमा आइपुगे : Icon Khabar

काठमाडौं, माघ ७। एक महिनासम्म माधवनारायणको व्रत गरेका व्रतालुहरु तीर्थ यात्रा गर्दै सालिनदी बाट पशुपति क्षेत्रमा आइपुगेका छन् ।

ब्रतालुहरुले आज बिहान माघ कृष्ण औंसीको दिन पारेर पशुपतिनाथको दर्शन गरेका छन् ।

 

पशुपतिस्थित आर्यघाटमा व्रतालुले स्नान गर्ने व्रत विधि रहेको छ ।स्नानपछि पशुपतिमा पूजा आराधना गरी जयबागेश्वरीसम्म जल चढाउने विधि छ । व्रतालुले जयवागेश्वरीबाट सानो गौचरण गएर दिउँसोको भोजन गर्ने गर्छन् ।

एक महिने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शङ्खमूललगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन्। माधवनारायण व्रतालुले एक महिनासम्म एक छाकमात्र भोजन गर्ने गर्छन् ।

Published Date: 21 January 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग