भिडभाडमा जाँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

भिडभाडमा जाँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह : Icon Khabar

काठमाडौँ, पुस १८ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने स्थानहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । छिमेकी मुलुकहरूमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एन।१ को सङ्क्रमण बढिरहेकाले नेपालमा पनि भित्रिन सक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै मन्त्रालयले भिडभाडमा मास्कको प्रयोग, भौतिक दूरी कायम राख्नुका साथै हातको सरसफाइमा समेत विशेषतः ध्यान दिन आग्रह गरेका छन् । डा. बुढाथोकीका अनुसार हालसम्म नेपालमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एनड्ड १ को सङ्क्रमण पुष्टि भैसकेको छैन।

नेपालमा पनि सङ्क्रमण भित्रिन नदिन विभिन्न नाकामा नयाँ सङ्क्रमणलाई दृष्टिगत गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू तथा सम्पूर्ण सरोकारवालाहरूमार्फत आवश्यक निगरानी भइरहेको जानकारी दिए।

साथै नेपालमा सङ्क्रमण फैलिहालेमा मन्त्रालय कोभिड–१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको डा. बुढाथोकीको भनाइ छ।

Published Date: 03 January 2024






ताजा
२० निर्माण कम्पनीहरुलाई सरकारले माग्यो सात दिन भित्र लिखित स्पष्टीकरण
फिफा विश्वकप २०२६: साउदी अरबको दमदार प्रदर्शन, उरुग्वे बराबरीमा रोकियो
पश्चिमी न्यून चापीय रेखाको प्रभाव जारी, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर रु १५१.८८ कायम


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न