भक्तपुर राष्ट्रपति रनिङ्गशील प्रतियोगिता पुस २७ गतेदेखि सुरु हुने

भक्तपुर राष्ट्रपति रनिङ्गशील प्रतियोगिता पुस २७ गतेदेखि सुरु हुने : Icon Khabar

भक्तपुर, पुस १७ । भक्तपुर राष्ट्रपति रनिङ्गशील प्रतियोगिता पुस २७ गतेदेखि सुरु हुने भएको छ । मंगलबार जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाको प्रमुख अतिथ्यतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

१२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशील प्रतियोगिता यही पुस २७ देखि २९ गते सम्म संचालन हुने भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले जानकारी दिएका छन् । प्रतियोगीतामा भलिबल, एथलेटिक्स, तेक्वान्डो, उसु ,कराते, कबड्डीलगायतका विभिन्न खेल हुने थापाले बताए ।

बैठकमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, चाँगुनारायण नगरपालिका शिक्षा शाखा प्रमुख वीर बहादुर खड्का, सूर्यविनायक नगरपालिका, भक्तपुर, मध्यपुरका शिक्षा शाखाका प्रतिनिधिहरू, नेशनल प्याप्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्का, प्याप्सनका सचिव विजय कर्मचार्य, भलिबल, एथलेटिक्स, तेक्वान्डो, उसु ,कराते, कबड्डीसंघका अध्यक्षहरुलगायतको उपस्थिती रहेको थियो । भत्तपुरका चार वटा नै नगरपालिकाले नगरस्तरीय राष्ट्रपति रनिङ्गशील प्रतियोगिता सम्पन्न गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 January 2024
Website | + posts




ताजा
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने
आफूहरु संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने: एमाले नेता बस्नते


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने