सवा करोड घुस प्रकरण : कुश्माका कार्यकारी अधिकृत जेल चलान

सवा करोड घुस प्रकरण : कुश्माका कार्यकारी अधिकृत जेल चलान : Icon Khabar

काठमाडौं, पुस १७ । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित चार जनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

सहकारी रजिस्ट्रारको कार्यालयमा हुँदा कार्यक्षेत्र विस्तारको नाममा मित्रमिलन सहकारीसँग घुस लिएको आरोपमा पक्राउ परेका पराजुलीलाई मंगलबार अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

न्यायाधीश ऋषिराम आचार्यको इजालसले पराजुलीसहित सहकारी सञ्चालक बुद्धिसागर पौडेल, राजु बराल र गोपाल खनाललाई थुनामा पठाएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । पराजुलीमाथि एक करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप छ । मित्रमिलन सहकारीका अध्यक्ष रमण पौडेलले पराजुलीले १ करोड २५ लाख लिएको र २० लाख फिर्ता गरेको बयान दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 January 2024


ताजा
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट
काठमाडौँ रानीवारिको एक घरबाट ५६ लाख ५० हजार बराबरको सुनका गहना चोरी
पाकिस्तानले गर्यो अफगानिस्तान सँगको सीमानामा हवाई हमला
सरकारी सेवा प्रभावकारी नभएकाले नेपाली नागरिकहरू विदेश पलायन हुनुपर्यो


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी