सवा करोड घुस प्रकरण : कुश्माका कार्यकारी अधिकृत जेल चलान

सवा करोड घुस प्रकरण : कुश्माका कार्यकारी अधिकृत जेल चलान : Icon Khabar

काठमाडौं, पुस १७ । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित चार जनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

सहकारी रजिस्ट्रारको कार्यालयमा हुँदा कार्यक्षेत्र विस्तारको नाममा मित्रमिलन सहकारीसँग घुस लिएको आरोपमा पक्राउ परेका पराजुलीलाई मंगलबार अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

न्यायाधीश ऋषिराम आचार्यको इजालसले पराजुलीसहित सहकारी सञ्चालक बुद्धिसागर पौडेल, राजु बराल र गोपाल खनाललाई थुनामा पठाएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । पराजुलीमाथि एक करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप छ । मित्रमिलन सहकारीका अध्यक्ष रमण पौडेलले पराजुलीले १ करोड २५ लाख लिएको र २० लाख फिर्ता गरेको बयान दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 January 2024
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)