आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस १८ । आज २०८० पुस १८ गते बुधबार, तद्अनुसार ३ जनवरी २०२४ । आज पुष कृष्ण सप्तमी, शोभन बव उत्तर ।

आजको राशिफल

मेष: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लगानी शुभ रहने छ । प्रसन्नता रहने छ । साथीहरुलाई सहयोग गर्न सक्नु हुनेछ ।

वृष: यात्रा लाभदायक रहने छ । उपहार प्राप्ति हुनसक्छ । व्यवसायमा वृद्धि हुनेछ । समय अनुकूल छ, लाभ लिनु होला ।

मिथुन: स्वास्थ्यमा ध्यान दिनु होला । घर–परिवारको चिन्ता रहने छ । विवादलाई नबढाउनु होला । फजूल खर्चलाई नियन्त्रणमा राख्नु होला ।

कर्कट: व्यावसायिक यात्रा सफल रहने छ । लगानीले मनोनुकूल लाभ दिने छ । व्यापारमा लाभ बढ्ने छ ।

सिंह: ठूलो काम गर्न मन लाग्ने छ । व्यवसायमा लाभ हुनेछ । शेयर मार्केटबाट लाभ मिल्ने छ । उत्साहर्वद्ध सूचना पाइने छ ।

कन्या: धार्मिक अनुष्ठानमा भाग लिने अवसर पाइने छ । सत्सङको लाभ मिल्ने छ । धन प्राप्ति सुगम हुनेछ । लामो समयदेखि रोकिएको कार्यमा गति आउने छ ।

तुला: बनिसकेको काममा वाधा उत्पन्न हुनेछ । मेहनत बढी गर्नु पर्नेछ । स्वास्थ्य कमजोर रहने छ । काम गर्ने इच्छा हुने छैन ।

वृश्चिक: चौतर्फी सहयोग पाइने छ । प्रसन्नता रहने छ । भाग्य अनुकूल छ, लाभ लिनु होला । लाभको अवसर हात पर्नेछ ।

धनु: हतार नगर्नु होला । अनावश्यक कुरामा ध्यान नदिनु उचित हुनेछ । व्यस्तता बढ्ने छ । विवादलाई नबढाउनु होला ।

मकर: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । कुनै प्रभावशाली व्यक्तिसंग परिचय हुनेछ । पारिवारिक सहयोग पाइने छ । भाग्य अनुकूल रहने छ ।

कुम्भ: काममा प्रशंसा पाइने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । लगानी शुभ रहने छ । हतारमा कुनै पनि निर्णय नलिनु होला ।

मीन: स्वादिष्ट व्यञ्जनको आनन्द प्राप्त हुनेछ । व्यापार–व्यवसाय लाभदायक रहनेछ । रचनात्मक कार्य पूर्ण तथा सफल हुनेछ । चौतर्फी सफलता तथा प्रसन्नता प्रँप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 January 2024
Website | + posts