दक्षिण कोरियामा पत्रकार सम्मेलनमै विपक्षी नेतामाथि चक्कु प्रहार

दक्षिण कोरियामा पत्रकार सम्मेलनमै विपक्षी नेतामाथि चक्कु प्रहार : Icon Khabar

काठमाडौं, पुस १७ । दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेतामाथि चक्कु प्रहार भएको छ । योनहाप समाचार एजेन्सीका अनुसार यो घटना बुसानमा भएको हो । विपक्षी नेता ली जे–म्युङ २०२२ को राष्ट्रपति चुनावमा पराजित भएका थिए ।

मंगलबार आक्रमणकारीले लीको घाँटीको देब्रे भागमा चक्कु प्रहार गरेका थिए । आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् । आक्रमणको २० मिनेटपछि लीलाई अस्पताल लगिएको थियो । समाचारमा जनाइए अनुसार अस्पताल पुर्‍याउँदासम्म उनी होसमै थिए । ली हाल दक्षिण कोरियाको संसद सदस्य छैनन् ।

उनले सन् २०२४ मा हुने आम निर्वाचनमा भाग लिने तयारी गरिरहेका थिए । ५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुख हुन् । उनी २०२२ को राष्ट्रपतीय निर्वाचनमा मात्र ०.७३ प्रतिशत मतको अन्तरले हारेका थिए । दक्षिण कोरियाको इतिहासमा पहिलो पटक चुनावी प्रतिस्पर्धा यति रोचक बनेको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 January 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू