दक्षिण कोरियामा पत्रकार सम्मेलनमै विपक्षी नेतामाथि चक्कु प्रहार

दक्षिण कोरियामा पत्रकार सम्मेलनमै विपक्षी नेतामाथि चक्कु प्रहार : Icon Khabar

काठमाडौं, पुस १७ । दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेतामाथि चक्कु प्रहार भएको छ । योनहाप समाचार एजेन्सीका अनुसार यो घटना बुसानमा भएको हो । विपक्षी नेता ली जे–म्युङ २०२२ को राष्ट्रपति चुनावमा पराजित भएका थिए ।

मंगलबार आक्रमणकारीले लीको घाँटीको देब्रे भागमा चक्कु प्रहार गरेका थिए । आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् । आक्रमणको २० मिनेटपछि लीलाई अस्पताल लगिएको थियो । समाचारमा जनाइए अनुसार अस्पताल पुर्‍याउँदासम्म उनी होसमै थिए । ली हाल दक्षिण कोरियाको संसद सदस्य छैनन् ।

उनले सन् २०२४ मा हुने आम निर्वाचनमा भाग लिने तयारी गरिरहेका थिए । ५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुख हुन् । उनी २०२२ को राष्ट्रपतीय निर्वाचनमा मात्र ०.७३ प्रतिशत मतको अन्तरले हारेका थिए । दक्षिण कोरियाको इतिहासमा पहिलो पटक चुनावी प्रतिस्पर्धा यति रोचक बनेको थियो । एजेन्सी

Published Date: 02 January 2024












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड