राष्ट्र संघमा प्यालेस्टाइनले भन्यो–इजरायलले गाजाबासीलाइ विस्थापन वा मृत्यु रोजायो

राष्ट्र संघमा प्यालेस्टाइनले भन्यो–इजरायलले गाजाबासीलाइ विस्थापन वा मृत्यु रोजायो : Icon Khabar

न्युयोर्क, पुस १४ । इजरायलले गाजावासीहरूलाई मृत्यु वा विस्थापनको विकल्प दिएको प्यालेस्टाइनले आरोप लगाएको छ । प्यालेस्टिनीका संयुक्त राष्ट्र संघीय दूत माजेद बाम्यालेले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गर्दै इजरायली कारबाहीबाट गाजाको व्यापक विनाश गरिएको र इजरायलको एकमात्र लक्ष्य जबरजस्ती विस्थापन भएको बताएका छन् ।

‘उनी (इजरायल) हरू यो सुनिश्चित गर्न चाहन्छन् कि गाजामा प्यालेस्टाइनीहरूलाई फर्किने घरहरू छैनन्,’ उनले भने, ‘तिनीहरू यो सुनिश्चित गर्न चाहन्छन् कि उनीहरूलाई फर्किएमा जीवन पनि छैन ।’

‘उनीहरू यो पनि सुनिश्चित गर्न चाहन्छन् कि गाजामा जीवन अब सम्भव छैन, एउटै उद्देश्यका साथ उनीहरूलाई जबरजस्ती स्वेच्छिक बसाइँसराइ होस् भन्ने चाहन्छन,’ उनले अगाडि भने, ‘प्यालेस्टिनीहरूका लागि यी मात्रै विकल्पहरू बाँकी रहेका छन्, विनाश वा विस्थापन अथवा मृत्यु वा विस्थापन ।’ एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 December 2023
Website | + posts