बालकुमारी घटनामा ज्यान गुमाएका युवाको परिवारलाई सरकारले १०/१० लाख दिने

बालकुमारी घटनामा ज्यान गुमाएका युवाको परिवारलाई सरकारले १०/१० लाख दिने : Icon Khabar

काठमाडौँ, पुस १४ । सरकारले ‘बालकुमारी घटना’ का मृतकको परिवारलाई १०/१० लाख रुपैयाँ दिने भएको छ । आज (शनिबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री, गृहमन्त्रीलगायत सम्मिलित बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

यस्तै मृतकहरूको शव सरकारले नै सम्बन्धित व्यक्तिको परिवारसम्म पुर्‍याइ दिने भएको छ । घटनामा २३ वर्षे सुजन रावत र २२ वर्षे वीरेन्द्र शाहले ज्यान गुमाएका थिए ।

प्रधानमन्त्री, गृहमन्त्रीसहित सुरक्षा अधिकारी समेत सहभागी बैठकले हिजो घटनास्थलमा खटेका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाकाका पीएसओलाई निलम्बन गर्ने निर्णय पनि गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई सोधपुछका लागि गृहमन्त्रालय तानिएको छ भने ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई हेडक्वार्टर तानिएको छ । कोरिया रोजगारीमा जानका लागि आवेदन दिन नपाएकोमा आक्रोशित युवाहरूले हिजो मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए । त्यसपछि प्रहरीले उनीहरूलाई गोली हानेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 December 2023
Website | + posts
ताजा
आइतबार नेप्से परिसूचक ५.१५ अंकले घट्यो
इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालद्वारा ‘Ecopanel’ नाम प्रयोगमा कडा चेतावनी
असोज महिनामा नेपालमा भित्रियो २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स
विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान केन्द्र तोक्न अध्यादेशको तयारी


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )