बालकुमारी घटनामा ज्यान गुमाएका युवाको परिवारलाई सरकारले १०/१० लाख दिने

बालकुमारी घटनामा ज्यान गुमाएका युवाको परिवारलाई सरकारले १०/१० लाख दिने : Icon Khabar

काठमाडौँ, पुस १४ । सरकारले ‘बालकुमारी घटना’ का मृतकको परिवारलाई १०/१० लाख रुपैयाँ दिने भएको छ । आज (शनिबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री, गृहमन्त्रीलगायत सम्मिलित बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

यस्तै मृतकहरूको शव सरकारले नै सम्बन्धित व्यक्तिको परिवारसम्म पुर्‍याइ दिने भएको छ । घटनामा २३ वर्षे सुजन रावत र २२ वर्षे वीरेन्द्र शाहले ज्यान गुमाएका थिए ।

प्रधानमन्त्री, गृहमन्त्रीसहित सुरक्षा अधिकारी समेत सहभागी बैठकले हिजो घटनास्थलमा खटेका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाकाका पीएसओलाई निलम्बन गर्ने निर्णय पनि गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई सोधपुछका लागि गृहमन्त्रालय तानिएको छ भने ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई हेडक्वार्टर तानिएको छ । कोरिया रोजगारीमा जानका लागि आवेदन दिन नपाएकोमा आक्रोशित युवाहरूले हिजो मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए । त्यसपछि प्रहरीले उनीहरूलाई गोली हानेको थियो ।

Published Date: 30 December 2023


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?