फेरि विश्वकै धनी व्यक्ति बने एलन मस्क

फेरि विश्वकै धनी व्यक्ति बने एलन मस्क : Icon Khabar

काठमाडौं, पुस १४ । टेस्ला र स्पेसएक्स (साविकको ट्वीटर) का सीईओ एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गको पछिल्लो रिपोर्ट अनुसार टेस्ला तथा स्पेसएक्सका मालिक मस्कले फ्रान्सेली अर्बपति बर्नाड अर्नाल्टलाई पछि पार्दै पहिलो स्थानमा पुनरागमन गरेका हुन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार २०२२ मा एलन मस्कले १ सय ३८ बिलियन डलरको घाटा बेहोरेका थिए ।

त्यसपछि बर्नार्ड अर्नाल्ट विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । मस्कले बिहीबार थप ९५.४ बिलियन डलर कमाइसकेका छन् । लक्जरी उत्पादनको मागमा कमी आएको छ । सेयरमा आएको गिरावटपछि अर्नाल्टको कुल सम्पत्ति एलोन मस्कको भन्दा ५० अर्ब डलरले कम भएको छ ।

ब्लूमबर्गका अनुसार एलोन मस्कको कुल सम्पत्ति अहिले २३२ बिलियन डलर पुगेको छ । अमेजनका संस्थापक जेफ बेजोसले आफ्नो सम्पत्तिमा ७० बिलियन भन्दा बढी थपेका छन् । यो वर्ष मेटाका संस्थापक र सीईओ मार्क जुकरबर्गका लागि पनि राम्रो रह्यो, उनले ८० अर्ब डलरभन्दा बढी कमाएको बताइएको छ । एजेन्सी

Published Date: 30 December 2023


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?