आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस १४ । आज २०८० पुस १४ गते शनिबार, तद्अनुसार ३० डिसेम्बर २०२३ । आज पौष कृष्णपक्ष तृतीया ८ः३७ बजेपछि चतुर्थी, अश्लेषा- नक्षत्र, विष्कम्भ-योग, भद्रा- करण, चन्द्रराशि- कर्कट, सूर्योदय- ६ः५५, सूर्यास्त १७ः१७ ।

आजको राशिफल

मेष: आम्दानी हुनेछ । मित्रहरुको सहयोग प्राप्त हुनेछ । काममा मन लाग्ने छैन । विवेक पुर्याएर काम गर्नु होला ।

वृष: भाग्योन्नतिको प्रयास सफल रहने छ । विवादबाट बच्नु होला । लामो यात्रा हुनसक्छ । लाभ हुनेछ ।

मिथुन: रोजगारमा वृद्धि हुनेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ । नवीवन वस्त्राभूषण प्राप्त हुनेछ । लगानी लाभदायक रहने छ ।

कर्कट: व्यवसायले मनोनुकूल लाभ दिने छ । कार्य पूर्ण हुनेछ । प्रसन्नता रहने छ । भाग्यको साथ पाइने छ ।

सिंह: प्रसन्नता कायम रहने छ । दुष्टजनले हानि पुर्याउन सक्छन्, ध्यान दिनु होला । तीर्थदर्शन हुनसक्छ ।

कन्या: नयाँ मित्र बन्ने छन् । राम्रो खबर पाइने छ । प्रसन्नता रहने छ । लाभमा वृद्धि हुनेछ ।

तुला: कुनै ठूलो कार्य गर्ने योजना बन्ने छ । कार्यसिद्धि हुनेछ । सुखका साधनमा खर्च हुनेछ । प्रसन्नता रहने छ ।

वृश्चिक: आम्दानीमा वृद्धि हुनेछ । व्यस्तता रहने छ । भाग्योन्नतिको प्रयास सफल रहने छ । साथीहरुलाई सहयोग गर्न सक्नु हुनेछ ।

धनु: कार्यसिद्धिबाट प्रसन्नता रहने छ । आम्दानीमा वृद्धि हुनेछ । सामाजिक कार्य गर्ने अवसर पाइने छ । धनार्जन हुनेछ ।

मकर: लेन–देनमा सावधानी अपनाउनु होला । अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला । काममा मन लाग्ने छैन ।

कुम्भ: बौद्धिक कार्य सफल रहने छ । प्रवुद्ध व्यक्तिको मार्गदर्शन पाइने छ । यात्रा मनोरञ्जक हुनेछ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

मीन: व्यवसायबाट लाभ हुनेछ । वैवाहिक प्रस्ताव आउन सक्छ । अरुको झगडामा हस्तक्षेप नगर्नु होला । जोखिमपूर्ण कार्य नगर्नु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 December 2023
Website | + posts