युक्रेनमा रुसको अहिलेसम्मकै ठूलो आक्रमण : ३० जनाको मृत्यु, १६० बढी घाइते

युक्रेनमा रुसको अहिलेसम्मकै ठूलो आक्रमण : ३० जनाको मृत्यु, १६० बढी घाइते : Icon Khabar

काठमाडौं, पुस १४ ।  रुसले युक्रेनमा अहिले सम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । सन् २०२२ को फेबु्रअरीमा आक्रमण शुरु गरेयताकै ठूलो हमला भएको बीबीसीले जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले १२२ मिसाइल प्रहार भएको जानकारी दिए । आक्रमणका कारण देशभर ३० जना सर्वसाधारण मारिएका छन् भने १६० जनाभन्दा बढी घाइते भएका छन् । मिसाइलसँगै रुसले ३६ भन्दा बढी ड्रोनबाट समेत आक्रमण गरेको छ । आक्रमणमा प्रसूतिगृहलाई समेत निशाना बनाइएको छ । रुस र युक्रेनबीच झण्डै दुई वर्षदेखि युद्ध चलिरहेको छ । एजेन्सी

Published Date: 30 December 2023


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?