नेपालमा कण्डम आयात दोबरले बढ्यो

नेपालमा कण्डम आयात दोबरले बढ्यो : Icon Khabar

काठमाडौँ, पुस ९ । चालू आर्थिक वर्ष २०८०/८१ को ५ महिनाको अवधिमा १२ करोड रुपैयाँभन्दा धेरैको कन्डम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा १२ करोड २ लाख रुपैयाँभन्दा धेरैको कन्डम आयात भएको हो ।

नेपालले ३ महिनामा २२ लाख पिस भन्दा बढी कण्डम आयात गरेको छ। चालू आवको ३ महिनामा नेपालले भारत तथा तेस्रो मुलुकबाट कुल ४ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको कण्डम आायत गरेको छ।

नेपालले चीन, भारत, दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, युएई र अमेरिकाबाट कण्डम आयात गर्दै आएको छ। चालू आवको ३ महिनामा सबै भन्दा बढी कण्डम भारतबाट १५ लाख ७८ हजार पिसभन्दा बढी आयात गरेको छ।

यसैगरी १२ हजार १ सय ८० पिस, कोरियाबाट २ लाख पिस, मलेसियाबाट ३ लाख ८ हजार १ सय ६० पिस, थाइल्याण्डबाट १ लाख ३ हजार ६ सय ८० पिस, युएईबाट ९ पिस र अमेरिकाबाट २ सय ८० पिस कण्डम आयात गरेको छ।

Published Date: 25 December 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न