कोशीलाई हराउँदै एपिएफको लगातार चौथो जित

कोशीलाई हराउँदै एपिएफको लगातार चौथो जित : Icon Khabar

काठमाडौँ, पुस ९ । उपाधिको दाबेदार नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ८ विकेटले हराउँदै लगातार चौथो जित हात पारेको छ । एपिएफले चौथो जित हात पार्दा कोशीको पहिलो हार हो ।

जितको लागि ८५ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १७.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफकी इन्दु बर्मा ३४ बलमा २ चौका र २ छक्कासहित ३६ रनमा अविजित छिन् ।

रोमा थापा १० बलमा १० रनमा नट आउट रहिन् । ओपनर ज्योति पाण्डे ३९ बलमा २ चौकासहित २४ तथा सीता रानामगर २२ बलमा २ चौका र १ छक्कासहित १८ रनमा आउट भइन् । कोशीकी निशा शाह एलिसा खडियाले १–१ विकेट लिइन् ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । कोशीकी कप्तान तथा ओपनर रुविना क्षेत्री बेलबासेले ५८ बलमा ६ चौकासहित सर्वाधिक ४१ रन बनाइन् । काजोल श्रेष्ठ ४६ बलमा १ चौकासहित २५ रनमा नट आउट रहिन् ।

ओपनर काजोल र रुविनाले १६ ओभरमा ६३ रनको साझेदारी गरेका थिए । अप्सरी बेगम १३ र सबनम राइले १ रन बनाइन् । एपिएफकी करुणा भण्डारी र सोनु खड्काले १–१ विकेट लिइन् ।

कोशीले यसअघि कर्णालीलाई १० विकेट, बागमती प्रदेशलाई ८ विकेट र मधेशलाई ६० रनले हराएको थियो । एपिएफले सुदूरपश्चिमलाई ९ विकेट, मधेशलाई १० विकेट र लुम्बिनी प्रदेशलाई ९० रनले हराएको थियो ।

८ टोली सहभागी पिएमकप राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष चार टोली प्लेअफ खेल्नेछन् । एपिएफले बुधबार कर्णालीसँग खेल्नेछ । बागमतीले सोही दिन लुम्बिनीसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 December 2023
Website | + posts




ताजा
पोखराबाट देखिएको मनमोहक माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला ( फोटो फिचर )
निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चार मन्त्री खरेल
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
आज सबै जिल्लामा विरोध प्रदर्शन गर्दै एमाले, केन्द्रीय नेताहरूले सम्बोधन गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )