कोशीलाई हराउँदै एपिएफको लगातार चौथो जित

कोशीलाई हराउँदै एपिएफको लगातार चौथो जित : Icon Khabar

काठमाडौँ, पुस ९ । उपाधिको दाबेदार नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ८ विकेटले हराउँदै लगातार चौथो जित हात पारेको छ । एपिएफले चौथो जित हात पार्दा कोशीको पहिलो हार हो ।

जितको लागि ८५ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १७.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफकी इन्दु बर्मा ३४ बलमा २ चौका र २ छक्कासहित ३६ रनमा अविजित छिन् ।

रोमा थापा १० बलमा १० रनमा नट आउट रहिन् । ओपनर ज्योति पाण्डे ३९ बलमा २ चौकासहित २४ तथा सीता रानामगर २२ बलमा २ चौका र १ छक्कासहित १८ रनमा आउट भइन् । कोशीकी निशा शाह एलिसा खडियाले १–१ विकेट लिइन् ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । कोशीकी कप्तान तथा ओपनर रुविना क्षेत्री बेलबासेले ५८ बलमा ६ चौकासहित सर्वाधिक ४१ रन बनाइन् । काजोल श्रेष्ठ ४६ बलमा १ चौकासहित २५ रनमा नट आउट रहिन् ।

ओपनर काजोल र रुविनाले १६ ओभरमा ६३ रनको साझेदारी गरेका थिए । अप्सरी बेगम १३ र सबनम राइले १ रन बनाइन् । एपिएफकी करुणा भण्डारी र सोनु खड्काले १–१ विकेट लिइन् ।

कोशीले यसअघि कर्णालीलाई १० विकेट, बागमती प्रदेशलाई ८ विकेट र मधेशलाई ६० रनले हराएको थियो । एपिएफले सुदूरपश्चिमलाई ९ विकेट, मधेशलाई १० विकेट र लुम्बिनी प्रदेशलाई ९० रनले हराएको थियो ।

८ टोली सहभागी पिएमकप राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष चार टोली प्लेअफ खेल्नेछन् । एपिएफले बुधबार कर्णालीसँग खेल्नेछ । बागमतीले सोही दिन लुम्बिनीसँग खेल्नेछ ।

Published Date: 25 December 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड