छब्बिसौं एनएसए कप पौडी बुधबार र बिहिबार हुने

छब्बिसौं एनएसए कप पौडी बुधबार र बिहिबार हुने : Icon Khabar

काठमाडौँ, पुस ८ । नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा २६ औं एनएसए (नेपाल पौडी संघ) कप राष्ट्रिय पौडी प्रतियोगिता बुधबार र बिहिबार हुने भएको छ ।

सातदोवाटोस्थित बातानुकुलित (हिटिङ्ग) पौडी पोखरीमा आयोजना हुने प्रतियोगितामा उमेर समूह र खुल्ला गरि कुल ५१ विधामा प्रतिस्पर्धा हुने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।

उमेर समूह अन्तरगत १० बर्ष मूनी, १२ बर्ष मूनी, १४ बर्ष मूनी र १७ बर्ष मुनीको ५० मिटर फ्रिस्टायल, ब्याक स्ट्रोक, बटरफ्लाई र ब्रेष्ट स्ट्रोक तथा ४ गुणा ५० मिटर फ्रिस्टायल रिले र खुल्ला तर्फ ५० मिटर, १०० मिटर २०० मिटर फ्रिस्टायल, ५० मिटर र १०० मिटर ब्याकस्ट्रोक, बटरफ्लाई र ब्रेष्ट स्ट्रोक विधामा प्रतिस्पर्धा गरिने छ ।

उमेर समूह र खुल्ला गरि करिव १५० खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्ने अध्यक्ष बज्राचार्यले बताए । उमेर समूहमा उत्कृष्ट अंक हासिल गर्ने शिर्ष ३ टिमलाई च्याम्पियनसिप ट्रफी प्रदान गरिने छ ।

नेपालमा बातानुकुलित पौडी पोखरीको निर्माण पश्चात नेपाल पौडी संघले पहिलो पटक चिसो मौसममा राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्न लागेको हो । बातानुकुलित पौडी पोखरीको निर्माणले नेपालमा अव सुनसुकै मौसममा पनि प्रशिक्षण गर्न र प्रतियोगिता आयोजना गर्न सकिने भएको छ । जसले आगामी दिनमा नेपाली खेलाडीहरुको क्षमता अभिबृद्धिमा निकैने सहयोग पुग्ने अध्यक्ष बज्राचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 December 2023
Website | + posts




ताजा
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर
आज पनि सुनको भाउ प्रतितोला ७ हजार १ सय रुपैयाँले बढ्यो
टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित