छब्बिसौं एनएसए कप पौडी बुधबार र बिहिबार हुने

छब्बिसौं एनएसए कप पौडी बुधबार र बिहिबार हुने : Icon Khabar

काठमाडौँ, पुस ८ । नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा २६ औं एनएसए (नेपाल पौडी संघ) कप राष्ट्रिय पौडी प्रतियोगिता बुधबार र बिहिबार हुने भएको छ ।

सातदोवाटोस्थित बातानुकुलित (हिटिङ्ग) पौडी पोखरीमा आयोजना हुने प्रतियोगितामा उमेर समूह र खुल्ला गरि कुल ५१ विधामा प्रतिस्पर्धा हुने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।

उमेर समूह अन्तरगत १० बर्ष मूनी, १२ बर्ष मूनी, १४ बर्ष मूनी र १७ बर्ष मुनीको ५० मिटर फ्रिस्टायल, ब्याक स्ट्रोक, बटरफ्लाई र ब्रेष्ट स्ट्रोक तथा ४ गुणा ५० मिटर फ्रिस्टायल रिले र खुल्ला तर्फ ५० मिटर, १०० मिटर २०० मिटर फ्रिस्टायल, ५० मिटर र १०० मिटर ब्याकस्ट्रोक, बटरफ्लाई र ब्रेष्ट स्ट्रोक विधामा प्रतिस्पर्धा गरिने छ ।

उमेर समूह र खुल्ला गरि करिव १५० खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्ने अध्यक्ष बज्राचार्यले बताए । उमेर समूहमा उत्कृष्ट अंक हासिल गर्ने शिर्ष ३ टिमलाई च्याम्पियनसिप ट्रफी प्रदान गरिने छ ।

नेपालमा बातानुकुलित पौडी पोखरीको निर्माण पश्चात नेपाल पौडी संघले पहिलो पटक चिसो मौसममा राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्न लागेको हो । बातानुकुलित पौडी पोखरीको निर्माणले नेपालमा अव सुनसुकै मौसममा पनि प्रशिक्षण गर्न र प्रतियोगिता आयोजना गर्न सकिने भएको छ । जसले आगामी दिनमा नेपाली खेलाडीहरुको क्षमता अभिबृद्धिमा निकैने सहयोग पुग्ने अध्यक्ष बज्राचार्यले बताए ।

Published Date: 24 December 2023






ताजा
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड