तोकेको भन्दा बढी मूल्यमा एलपी ग्यास बिक्री गर्नेलाई आयल निगमले कारबाही गर्ने

तोकेको भन्दा बढी मूल्यमा एलपी ग्यास बिक्री गर्नेलाई आयल निगमले कारबाही गर्ने : Icon Khabar

काठमाडौं, पुस ८  । तोकेको भन्दा बढी मूल्यमा एलपी ग्यास बिक्री गर्ने वितरकलाई नेपाल आयल निगमले कारबाही गर्ने भएको छ।

आइतबार विज्ञप्ति सार्वजनिक गर्दै निगमले बढी मूल्यमा एलपी ग्यास बेचेको सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा सूचना प्रसारण भएकाले त्यस्तो भेटिए एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) अनुसार कारबाही गर्ने जनाएको छ।

अहिले नजिकको ग्यास उद्योगदेखि ५० किलोमिटर परिधिभित्र एलपी ग्याँसको मूल्य एक हजार ८९५ कायम भएको छ।

निगमका सह प्रवक्ताद्वारा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “ग्यास उद्योगदेखि ५० किमिको परिधिभित्र प्रतिसिलिन्डर एक हजार ८९५ भन्दा बढी मूल्यमा बिक्री वितरण गरेको पाइएमा निगमको एलपी ग्यास विनियमावली,२०६५ (संशोधन सहित) तथा अन्य प्रचलित ऐन,कानुन बमोजिम कारबाही हुनेछ। ”

बढी रकममा बिक्री भइरहेको पाइएमा निगमका प्रादेशिक कार्यालयमा सम्पर्क गर्न निगमको आग्रह छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 December 2023


ताजा
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट
काठमाडौँ रानीवारिको एक घरबाट ५६ लाख ५० हजार बराबरको सुनका गहना चोरी
पाकिस्तानले गर्यो अफगानिस्तान सँगको सीमानामा हवाई हमला
सरकारी सेवा प्रभावकारी नभएकाले नेपाली नागरिकहरू विदेश पलायन हुनुपर्यो


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी