बारामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २५ जना घाइते

बारामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २५ जना घाइते : Icon Khabar

काठमाडौँ, पुस ४ । बुधवार बिहान २ बजे बारामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

जीतपुर सिमरा २२ मा रहेको ३ नं पुलमा काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.३.००१ख २५८७ न.को बस र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० न.को ट्रक एक आपसमा ठक्कीएको थियो ।

मृत्यु हुनेमा ट्रक चालक तनहुँ पीपलटार बस्ने २८ वर्षीय पूर्ण गुरूङ, बसचालक मकवानपुर, हेटौडाका ४० वर्षीय हरि शम्सेर सुयाल थापा र ३० वर्षीय एक पुरुषको रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

घाइतेहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Published Date: 20 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु