बारामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २५ जना घाइते

बारामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २५ जना घाइते : Icon Khabar

काठमाडौँ, पुस ४ । बुधवार बिहान २ बजे बारामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

जीतपुर सिमरा २२ मा रहेको ३ नं पुलमा काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.३.००१ख २५८७ न.को बस र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० न.को ट्रक एक आपसमा ठक्कीएको थियो ।

मृत्यु हुनेमा ट्रक चालक तनहुँ पीपलटार बस्ने २८ वर्षीय पूर्ण गुरूङ, बसचालक मकवानपुर, हेटौडाका ४० वर्षीय हरि शम्सेर सुयाल थापा र ३० वर्षीय एक पुरुषको रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

घाइतेहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 December 2023
Website | + posts
ताजा
सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक
स्वास्थ्य बीमा बोर्डले भुक्तानी रकम दिन नसकको अवस्थामा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए राजीनामा
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा
टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध