कस्तो रहयो यो साताको सेयर बजार ?

कस्तो रहयो यो साताको सेयर बजार ? : Icon Khabar

काठमाडौँ, मंसिर २३ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५.६७ अंकले घटेर बन्द भएको छ । गत साताको बिहिबारको तुलनामा यो साताको बिहिबारसम्मको अवधिमा उक्त अंकको गिरावटसँगै परिसूचक बन्द भएको हो ।

यो साताको आइतबार नेप्से परिसूचक १८५८.५३ अंकबाट कारोबार सुरु भएको थियो । जुन, अन्तिम कारोबार दिनसम्म १८.५२.७७ अंकमा आएर रोकिएको हो । यो साताको ५ दिनमध्ये ३ दिन घटेको नेप्से २ दिन भने बढेको थियो ।

आइतबार ७ अंकले घटेको नेप्से सोमबार ३ अंकले र मंगलबार १० अंकले घटेको थियो । यस्तै, बुधबार ३ अंकले बढ्दा बिहीबार ११ अंकले बढेको थियो । यो साता तीन कारोबार दिनमा समग्रमा २१ अंकले घटेको थियो भने दुई दिनमा १४ अंक बढेको थियो ।

यो साता नेप्सेमा कूल ७ अर्ब ६५ करोड रुपैयाँ कारोबार भएको छ । जुन, गत साताको भन्दा ५ अर्ब रुपैयाँले बढी हो । गत साता नेप्सेमा ७ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको थियो ।

Published Date: 09 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग