कस्तो रहयो यो साताको सेयर बजार ?

कस्तो रहयो यो साताको सेयर बजार ? : Icon Khabar

काठमाडौँ, मंसिर २३ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५.६७ अंकले घटेर बन्द भएको छ । गत साताको बिहिबारको तुलनामा यो साताको बिहिबारसम्मको अवधिमा उक्त अंकको गिरावटसँगै परिसूचक बन्द भएको हो ।

यो साताको आइतबार नेप्से परिसूचक १८५८.५३ अंकबाट कारोबार सुरु भएको थियो । जुन, अन्तिम कारोबार दिनसम्म १८.५२.७७ अंकमा आएर रोकिएको हो । यो साताको ५ दिनमध्ये ३ दिन घटेको नेप्से २ दिन भने बढेको थियो ।

आइतबार ७ अंकले घटेको नेप्से सोमबार ३ अंकले र मंगलबार १० अंकले घटेको थियो । यस्तै, बुधबार ३ अंकले बढ्दा बिहीबार ११ अंकले बढेको थियो । यो साता तीन कारोबार दिनमा समग्रमा २१ अंकले घटेको थियो भने दुई दिनमा १४ अंक बढेको थियो ।

यो साता नेप्सेमा कूल ७ अर्ब ६५ करोड रुपैयाँ कारोबार भएको छ । जुन, गत साताको भन्दा ५ अर्ब रुपैयाँले बढी हो । गत साता नेप्सेमा ७ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 December 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने