राष्ट्रपति पदमा पुनः लड्ने पुटिनको घोषणा

राष्ट्रपति पदमा पुनः लड्ने पुटिनको घोषणा : Icon Khabar

काठमाडौँ, मंसिर २३ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने शुक्रबार घोषणा गरेका छन् । यसबाट उनलाई सत्तामा उनको दशकौँ पुरानो पकडलाई सन् २०३० को दशकसम्म बढाउने अनुमति प्राप्त हुनेछ ।

एकहत्तर वर्षीय पुटिनले यो शताब्दीको सुरुदेखि नै रुसको नेतृत्व गरेका छन्। उनले चारवटा राष्ट्रपतीय निर्वाचन जितेका छन् र करिब प्रतिपक्षी नै अस्तित्वहीन भएको प्रणालीमा केही समयका लागि प्रधानमन्त्रीका रूपमा काम गरेका थिए ।

पुटिनले उक्त घोषणा सैनिकहरूका लागि आयोजित क्रेमलिनको कार्यक्रममा गरेका हुन् । कार्यक्रममा युक्रेनमा आक्रामक हमलामा लड्ने केही मानिस सहभागी थिए । गत वर्ष पुटिनले युक्रेनमा हमला गर्न आदेश दिएका हुन् ।

Published Date: 09 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग