प्रधानमन्त्री दाहालसँग जो बाइडेनकी विशेष सहायकले गरिन् भेटवार्ता

प्रधानमन्त्री दाहालसँग जो बाइडेनकी विशेष सहायकले गरिन् भेटवार्ता : Icon Khabar

काठमाडौँ, मंसिर २१ । नेपालको औपचारिक भ्रमणमा रहनुभएकी अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेकी छिन्।

प्रधानमन्त्री निवासमा भएको उक्त भेटमा नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबार वरिष्ठ निर्देशक लाउबाचरले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने तथा सहयोगको दायरालाई अझ फराकिलो तुल्याउने बारेमा छलफल गरेका थिए । बुधबार नै प्रधानसेनापति प्रभुराम शर्मालाई भेट्नुभएकी उनले दुई देशबीच विद्यमान सुरक्षा सहयोगबारे छलफल गरेकी थिइन् । – रासस

Published Date: 07 December 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी