पीएसएलको प्लाटिनम समूहको सूचीमा परे सन्दीप लामिछाने

पीएसएलको प्लाटिनम समूहको सूचीमा परे सन्दीप लामिछाने : Icon Khabar

काठमाडौँ, मंसिर २१ । नेपाली स्पीनर सन्दीप लामिछाने सन् २०२४ मा आयोजना हुने पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन्।  सन्दीप पीएसएलको प्लाटिनम समूहको सूचीमा परेका छन्।

‘प्लाटिनम समूह’ का खेलाडीको मुल्य एक लाख ३० हजारदेखि एक लाख ७० हजार अमेरिकी डलर पारिश्रमिक रहेको छ । सन्दीप एसोसियटस देशबाट विदेशी खेलाडीका रुपमा पीएसएलको ड्राफ्टमा परेका हुन् ।

सन्दीपले यसअघि पनि पाकिस्तान सुपर लिग खेलिसकेका छन् । सन्दीपले यसअघि लाहोर क्वालन्डर्सबाट २०१९ को पीएसएल खेलेका थिए । पीएसएलको २०२४ संस्करण फेब्रुअरी १३ देखि मार्च १९ सम्म सञ्चालन हुनेछ ।

सन्दीपसँगै पीएसएलको प्लाटिनम समूहमा डेनियल साम्स, एस्टन आगर (दुबै अष्ट्रेलियाका), फजलहक फारुकी, मुजीब उर रहमान, नूर अहमद, रहमानउल्लाह गुरबाज (सबै अफगानिस्तानका), बेन डकेट, क्रिस जोर्डन, डेभिड विली, डेविड मलान, ल्यूक वुड, रीस टोपले, टम करन, टायमल मिल्स (सबै इङल्याण्डका), जेम्स निशाम (न्यूजिल्यान्ड), रस्सी भान डेर डुसेन, इमरान ताहिर (दुबै दक्षिण अफ्रिकाका), महेश थेक्साना, भानुका राजपाक्षे, दासुन शानाका (सबै श्रीलंकाका), केरोन पोलार्ड, रोभम्यान पावेल , रोमारियो शेफर्ड, ब्रान्डन किङ र काइल मेयर्स (सबै वेस्ट इन्डिजका) रहेका छन् ।

पीएसएलको खेलाडी अक्सन डिसेम्बर १३ मा पाकिस्तानको लाहोरमा हुने पीएसएलले जनाएको छ ।

Published Date: 07 December 2023
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी