काभ्रेमा अवैध रूपमा लुकाइछिपाई ल्याएको ३३ बोरा चिनी बरामद

काभ्रेमा अवैध रूपमा लुकाइछिपाई ल्याएको ३३ बोरा चिनी बरामद : Icon Khabar
प्रतीकात्मक तस्बिर

काभ्रेपलान्चोक, मंसिर २० । इलाका प्रहरी कार्यालय मंगलटारले अवैध रूपमा लुकाइछिपाई ल्याएको ३३ बोरा चिनी बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक पञ्चलाल गोलेको नेतृत्वमा खटेको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा सङ्खुवासभाको खाँदबारीबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३.००१ ख १९६६ नम्बरको बसमा अवैध रूपमा ल्याइएको ३३ बोरा चिनी बरामद गरेको हो ।

बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसको छत र डिकीमा लुकाई छिपाई ल्याएको ३३ बोरा करिब एक हजार ६५० किलोग्राम चिनी बरामद गरिएको हो ।

चिनी ल्याउने बस र चालक नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय बजारमा चिनीको अभाव भएसँगै बिपी राजमार्ग हुँदै तराईका जिल्लाबाट साना तथा ठुला गाडीहरूले अवैध रूपमा चिनी राजधानी भित्र्याउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 December 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता