काभ्रेमा अवैध रूपमा लुकाइछिपाई ल्याएको ३३ बोरा चिनी बरामद

काभ्रेमा अवैध रूपमा लुकाइछिपाई ल्याएको ३३ बोरा चिनी बरामद : Icon Khabar
प्रतीकात्मक तस्बिर

काभ्रेपलान्चोक, मंसिर २० । इलाका प्रहरी कार्यालय मंगलटारले अवैध रूपमा लुकाइछिपाई ल्याएको ३३ बोरा चिनी बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक पञ्चलाल गोलेको नेतृत्वमा खटेको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा सङ्खुवासभाको खाँदबारीबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३.००१ ख १९६६ नम्बरको बसमा अवैध रूपमा ल्याइएको ३३ बोरा चिनी बरामद गरेको हो ।

बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसको छत र डिकीमा लुकाई छिपाई ल्याएको ३३ बोरा करिब एक हजार ६५० किलोग्राम चिनी बरामद गरिएको हो ।

चिनी ल्याउने बस र चालक नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय बजारमा चिनीको अभाव भएसँगै बिपी राजमार्ग हुँदै तराईका जिल्लाबाट साना तथा ठुला गाडीहरूले अवैध रूपमा चिनी राजधानी भित्र्याउने गरेका छन् ।

Published Date: 06 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु