पाल्पा भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु : Icon Khabar

पाल्पा, मंसिर १८ । पाल्पाको रैनादेवी छहरा २ सोमादी सर्देवामा सोमबार भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमादीको सर्देवास्थित सिजी कम्पनीभित्र एक ठाउँबाट अर्को ठाउँमा माटो लैजाने क्रममा भएको टिपर दुर्घटनामा रिब्दीकोट गाउँपालिका १ ख्याहाका २४ वर्षीय शीरबहादुर पालुङ्गेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

सिजी कम्पनीको कम्पाण्डभित्र लु १ क ३१६१ नम्बरको माटो बोकेको टिपर एक स्थानबाट अर्को स्थानमा सार्ने क्रममा अनियन्त्रित भइ पल्टिएको प्रहरीले जनाएको छ । टिपर दुर्घटना भई च्यापिएर घाइते भएका पालुङ्गेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याएकामा चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Published Date: 04 December 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’