पाल्पा भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु : Icon Khabar

पाल्पा, मंसिर १८ । पाल्पाको रैनादेवी छहरा २ सोमादी सर्देवामा सोमबार भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमादीको सर्देवास्थित सिजी कम्पनीभित्र एक ठाउँबाट अर्को ठाउँमा माटो लैजाने क्रममा भएको टिपर दुर्घटनामा रिब्दीकोट गाउँपालिका १ ख्याहाका २४ वर्षीय शीरबहादुर पालुङ्गेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

सिजी कम्पनीको कम्पाण्डभित्र लु १ क ३१६१ नम्बरको माटो बोकेको टिपर एक स्थानबाट अर्को स्थानमा सार्ने क्रममा अनियन्त्रित भइ पल्टिएको प्रहरीले जनाएको छ । टिपर दुर्घटना भई च्यापिएर घाइते भएका पालुङ्गेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याएकामा चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 December 2023
Website | + posts