यो साताको सेयर बजार कस्तो भयो ?

यो साताको सेयर बजार कस्तो भयो ? : Icon Khabar

काठमाडौं, मंसिर १५ । यो साताको सेयर बजार एक दिन बढ्दा चार दिन घट्यो । पहिलो दिन आइतबार ४७ अंक बढेर १९०७ विन्दुमा पुगेको नेप्से बाँकी ४ दिन घट्यो ।

सोमबार ११, मंगलबार २ तथा बुधबार र बिहीबार समान १८ अंकले घटेसँगै नेप्सेले १८५८ विन्दुमा झरेर यो सातालाई बिदा गरेको छ ।

गत साता १८६० विन्दुमा रहेको नेप्से यो साता थप २ अंकले घट्न पुग्यो । समग्र साताभर नेप्सेको प्रदर्शन सन्तोषजनक हुन सकेन भने कारोबार रकममा सुधार देखिएको छ । साताभरका ५ कारोबार दिनमा कुल ७ अर्ब ३७ करोड रुपैयाँको कारोबार भयो ।

गत साता ४ कारोबार दिनमा ४ अर्ब ४६ करोडको कारोबार भएको थियो ।

यो साता बैंकिङ क्षेत्रका सेयरधनीलाई मूल्यमा थप नोक्सान पुगेको छ भने होटल तथा पर्यटन क्षेत्रका लगानीकर्ताले राम्रो मूल्य कमाएका छन् । यो साता होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.७२ प्रतिशतले बढेको छ भने वाणिज्य बैंक समूह सबैभन्दा धेरै १.१९ प्रतिशत घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 December 2023
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न