यो साताको सेयर बजार कस्तो भयो ?

यो साताको सेयर बजार कस्तो भयो ? : Icon Khabar

काठमाडौं, मंसिर १५ । यो साताको सेयर बजार एक दिन बढ्दा चार दिन घट्यो । पहिलो दिन आइतबार ४७ अंक बढेर १९०७ विन्दुमा पुगेको नेप्से बाँकी ४ दिन घट्यो ।

सोमबार ११, मंगलबार २ तथा बुधबार र बिहीबार समान १८ अंकले घटेसँगै नेप्सेले १८५८ विन्दुमा झरेर यो सातालाई बिदा गरेको छ ।

गत साता १८६० विन्दुमा रहेको नेप्से यो साता थप २ अंकले घट्न पुग्यो । समग्र साताभर नेप्सेको प्रदर्शन सन्तोषजनक हुन सकेन भने कारोबार रकममा सुधार देखिएको छ । साताभरका ५ कारोबार दिनमा कुल ७ अर्ब ३७ करोड रुपैयाँको कारोबार भयो ।

गत साता ४ कारोबार दिनमा ४ अर्ब ४६ करोडको कारोबार भएको थियो ।

यो साता बैंकिङ क्षेत्रका सेयरधनीलाई मूल्यमा थप नोक्सान पुगेको छ भने होटल तथा पर्यटन क्षेत्रका लगानीकर्ताले राम्रो मूल्य कमाएका छन् । यो साता होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.७२ प्रतिशतले बढेको छ भने वाणिज्य बैंक समूह सबैभन्दा धेरै १.१९ प्रतिशत घटेको छ ।

Published Date: 02 December 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु