काठमाडौं, मंसिर १२ । नेप्से परिसूचक मंगलबार २.१७ विन्दुले घटेर १८९४.५३ अंकमा आएर अडिएको छ ।
आज १ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
आज २९० कम्पनीको ४७ लाख २७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८ करोड ४९ लाख रुपैयाँसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र रिलायबल नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।
Published Date: 28 November 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1