अमेरिकी सेयर बजार ४ महिनायताकै उच्च विन्दुमा

अमेरिकी सेयर बजार ४ महिनायताकै उच्च विन्दुमा : Icon Khabar

काठमाडौं, मंसिर ११ । अमेरिकी सेयर बजारमा विगत १ महिनादेखि निरन्तरजसो वृद्धि देखिएको छ।

अमेरिकी सेयर बजारका प्रमुख तीन परिसूचक विगत १ महिनाको अवधिमा निरन्तर बढ्दा करिब ४ महिनायताकै उच्च विन्दुमा पुगेका छन् । गत अक्टोबर २७ को अन्तिम कारोबार विन्दुदेखि गत शुक्रबार नोभेम्बर २४ सम्मको कारोबारमा ‘एस एन्ड पी ५००’ सूचक १०.७६%, नासड्याक कम्पोजिट १२.७२% र डाउ जोन्स इन्डस्ट्रियल एभरेज ९.१७% ले बढेका छन् ।एस एन्ड पी ५०० विगत १ महिनामा ४४२.९५ अंकले बढ्दा ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ ।

शुक्रबार यो सूचक ४,५५९.३३ मा बन्द भएको थियो । जुन गत जुलाई २७ यताकै उच्च हो । यस्तै, अर्को सूचक नासड्याक कम्पोजिट पनि ४ महिनायताकै उच्च विन्दुमा पुगेको छ । नासड्याक विगत एक महिनाको अवधिमा १,६०७.८४ अंकले बढेर शुक्रबार १४,२५०.८५ मा बन्द भएको थियो । जुन गत जुलाई २८ यताकै उच्च हो ।

यता, डाउ जोन्स इन्डस्ट्रियल एभरेज एक महिनामा २,९७२.५६ अंकले बढ्दा करिब ४ महिनायताकै उच्च विन्दुमा पुगेको छ । शुक्रबारको अन्तिम कारोबारमा डाउ जोन्स इन्डस्ट्रियल एभरेज ३५,३९०.१६ मा बन्द भएको थियो । अन्तिमपटक यो सूचक अगस्ट ७ मा उक्त विन्दुमा रहेको थियो । अमेरिकाले जुलाईपछि ब्याजदर वृद्धिको यात्रामा ब्रेक लगाएको थियो । जसको सकारात्मक असर पछिल्लो समय सेयर बजारमा देखिन थालेको छ ।

Published Date: 27 November 2023


ताजा
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग