अमेरिकी सेयर बजार ४ महिनायताकै उच्च विन्दुमा

अमेरिकी सेयर बजार ४ महिनायताकै उच्च विन्दुमा : Icon Khabar

काठमाडौं, मंसिर ११ । अमेरिकी सेयर बजारमा विगत १ महिनादेखि निरन्तरजसो वृद्धि देखिएको छ।

अमेरिकी सेयर बजारका प्रमुख तीन परिसूचक विगत १ महिनाको अवधिमा निरन्तर बढ्दा करिब ४ महिनायताकै उच्च विन्दुमा पुगेका छन् । गत अक्टोबर २७ को अन्तिम कारोबार विन्दुदेखि गत शुक्रबार नोभेम्बर २४ सम्मको कारोबारमा ‘एस एन्ड पी ५००’ सूचक १०.७६%, नासड्याक कम्पोजिट १२.७२% र डाउ जोन्स इन्डस्ट्रियल एभरेज ९.१७% ले बढेका छन् ।एस एन्ड पी ५०० विगत १ महिनामा ४४२.९५ अंकले बढ्दा ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ ।

शुक्रबार यो सूचक ४,५५९.३३ मा बन्द भएको थियो । जुन गत जुलाई २७ यताकै उच्च हो । यस्तै, अर्को सूचक नासड्याक कम्पोजिट पनि ४ महिनायताकै उच्च विन्दुमा पुगेको छ । नासड्याक विगत एक महिनाको अवधिमा १,६०७.८४ अंकले बढेर शुक्रबार १४,२५०.८५ मा बन्द भएको थियो । जुन गत जुलाई २८ यताकै उच्च हो ।

यता, डाउ जोन्स इन्डस्ट्रियल एभरेज एक महिनामा २,९७२.५६ अंकले बढ्दा करिब ४ महिनायताकै उच्च विन्दुमा पुगेको छ । शुक्रबारको अन्तिम कारोबारमा डाउ जोन्स इन्डस्ट्रियल एभरेज ३५,३९०.१६ मा बन्द भएको थियो । अन्तिमपटक यो सूचक अगस्ट ७ मा उक्त विन्दुमा रहेको थियो । अमेरिकाले जुलाईपछि ब्याजदर वृद्धिको यात्रामा ब्रेक लगाएको थियो । जसको सकारात्मक असर पछिल्लो समय सेयर बजारमा देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 November 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न