गायक सत्य नारायण मानन्धरको आवाजमा रहेको गीत ‘ङेङापा झ्यया दरबार’ को म्युजिक भिडियो सार्वजनिक

गायक सत्य नारायण मानन्धरको आवाजमा रहेको गीत ‘ङेङापा झ्यया दरबार’ को म्युजिक भिडियो सार्वजनिक : Icon Khabar

भक्तपुर, मंसिर ११ । नेपालभाषाको गीत ‘ङेङापा झ्यया दरबार’ बोलको म्युजिक भिडियो सार्वजनिकीकरण भएको छ। भक्तपुरमा आज आयोजित एक समारोहबीच उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचित, गायक सत्यनारायण मानन्धरको स्वर र संगितकार न्ह्यु बज्राचार्यको संगीतमा निर्माण भएको सो गीतको छायांकन भक्तपुर दरबार क्षेत्रमा भएको हो।

सो कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यापक जनताको पक्षमा साहित्य लेख्नु नै साहित्यकारहरुको प्रगतिशील कदम हुने बताए। जनताका लागि बोलिदिने साहित्य र जनताको पक्षमा लेखिने साहित्य नै जनताको साहित्य हुने बताउँदै उनले समाज परिवर्तन गर्ने सोचलाई अगाडि बढाउन जनताको साहित्यलाई अगाडि बढाउनुपर्छ भनेका थिए।

ङेङापा झ्या म्युजिक भिडियोले विश्व प्रसिद्ध ५५ झ्याले दरबारको प्रचार प्रसार हुने र त्यसले पर्यटन प्रवर्द्वन समेत टेवा पुग्ने देखिन्छ। कार्यक्रमका सभापति एवम् जनकवि दुर्गालाल श्रेष्ठले भाषाको महत्वलाई गम्भीर रुपमा मनन गर्नुपर्ने बताउँदै नेपालभाषा साहित्यिक दृष्टिले पनि निकै समृद्ध भाषा रहेको बताए।

स्मारक संरक्षण एवम् दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मीले ङेङापा झ्य दरबारसम्बन्धी गीत ऐतिहासिक र सन्देशमूलक भएको बताउँदै समय समयमा पुराना सम्पदाहरुको मर्मतसम्भार गर्नुपर्ने आवश्यकता औंल्याईन्।

इतिहास र संस्कृतिका अनुसन्धानकर्ता ओम धौभडेलले ङेङापा झ्यया दरबारको पृष्ठभूमिबारे प्रष्ट पार्दै नेवा संस्कृतिको अध्ययनको निम्ति यो ऐतिहासिक गीतले महत्वपूर्ण भूमिका खेल्ने बताए। सो म्युजिक भिडियोमा कलाकार कर्मा शाक्य र रोजिना सुवालको अभिनय रहेको छ।

त्यस्तै म्युजिक भिडियोका निर्माता रजनी केसी मानन्धरले धन्यवादज्ञापन गरेको उक्त कार्यक्रममा ‘ङेङापा झ्यया दरबार’ नामक म्युजिक भिडियोका गायक सत्यनारायण मानन्धर, निर्देशक विश्वास बज्राचार्य, नेवा देय् दबुका अध्यक्ष पवित्र बज्राचार्य, कवि विप्लप प्रतिक, लेखक प्रकाश सायमी, गायक लक्ष्मण पलिखेलले पनि बोलेका थिए ।

Published Date: 27 November 2023


ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २० गते शुक्रबार
नक्कली प्रहरी बनेर अपहरण गर्ने दीपक खड्का भक्तपुरबाट पक्राउ
एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ
ऐतिहासिक बिस्का: जात्राको तयारी तीव्र, भैरव र भद्रकालीको रथ निर्माण चैत २६ गतेसम्म सम्पन्न हुने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता