सोमबार नेप्से परिसूचकमा ११.२७ अंकको गिरावट

सोमबार नेप्से परिसूचकमा ११.२७ अंकको गिरावट : Icon Khabar

काठमाडौं, मंसिर ११ । नेप्से परिसूचक सोमबार ११.२७ विन्दुले घटेर १८९६.६७ अंकमा आएर अडिएको छ ।

१ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । आज २९० कम्पनीको ६० लाख १७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

७ करोड ७७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा छ ।

यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः रिलायबल नेपाल लाइफ र सिटिजन्स लाइफ इन्सुरेन्स परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 November 2023
Website | + posts