संरक्षणको पर्खाइमा ऎतिहासिक एवं लिच्छिवीकालीन रानीकोट गढि (फोटो फिचर)

संरक्षणको पर्खाइमा ऎतिहासिक एवं लिच्छिवीकालीन रानीकोट गढि (फोटो फिचर) : Icon Khabar

भक्तपुर, मंसिर ९ । लिच्छिवीकालमै अनन्तलिंगेश्वर भेगमा हंशगृहदंग नामको विकसित बस्ती थियो । त्यही बस्तीको एउटा सुरक्षा किल्ला रानीकोट भएको इतिहासविद्को कथन छ ।

रानीकोट काठमाडौंको नजीकैको पहाडी थुम्को हाे । याे ठाउँ भक्तपुरको गुण्डु, सिपाडोल र काभ्रेको साँधमा छ । यसकाे उचाई (२,१०० मिटर) छ भने त्यहाँकाे एकै थलोमा उभिएर दोर्जे लाक्पा हिमाल, कञ्चनजंघा, सगरमाथा, मकालु, चोयु, सिसापाङ्गमा, मनास्लु, अन्नपूर्ण, धौलागिरी लगायत दर्जनौं हिमाल हेर्न पाइन्छ । त्यति मात्र नभएर भक्तपुर नगर, काठमाडौं र पाटन सहर पनि यस ठाउँबाट देखिन्छ ।

रानीकोट एउटा ऐतिहासिक थलो हो । त्यहाँ थुम्कामा पुराना इँटाका टुक्राहरू भेटिन्छन् । इतिहासविद्का अनुसार रानीकोट लिच्छिवीकालीन गढी हो । यस ठाउँमा उहिल्यै दक्षिणपूर्वबाट काठमाडौं उपत्यका प्रवेश गर्ने एउटा प्रमुख नाका थियो ।

लिच्छिवीकालमै अनन्तलिंगेश्वर भेकमा हंशगृहदंग नामको विकसित बस्ती थियो । त्यही बस्तीको एउटा सुरक्षा किल्ला रानीकोट भएको इतिहासविद्को कथन छ । नेपाल एकिकरणका बेला रानीकोटलाई अस्थायी सुरक्षा किल्ला समेत बनाइएको थियो ।

प्राचीनकालदेखि शाहकालसम्मै सामाजिक सुरक्षाका दृष्टिले एकदमै महत्त्व थियो रानीकोटकाे । रानीकोट नाम रहन गएको बारेमा प्रचलित किम्दबन्ती अनुसार, ‘तिनताका गुण्डुमा रानी बस्थिन् । उनी शितल हावा खान रानीकोट पुग्थिन् । उनलाई डोकोमा बोकेर त्यहाँ पुर्याइन्थ्यो । रानी जाने कोट भएकाले यसकाे नाम रानीकोट रहन पुग्याे पनि भनिन्छ ।’

ऐतिहासिक गढी रानीकोट व्यवस्थित गर्न बाँकी छ । यो गढी संरक्षणको पर्खाइमा बसिरहेको छ। सूर्यविनायक जंगल छिचोलेर घ्याम्पेडाँडा हुँदै रानीकोट पुगिन्छ । सूर्यविनायकबाट ४ कि.मी माथि घ्याम्पेडाँडा पुगेपछि नै मनोरम दृश्य सजीलै देख्न पाइन्छ।

घ्याम्पेडाँडाबाट रानीकोट ३ कि.मी दुरीमा छ । सूर्योदय, सूर्यास्त, हिमाल हेर्न रानीकोट उपयुक्त छ । जंगल भएका हुनाले बर्ड वाचिङका लागि उपयुक्त छ । कोटबाट दुईसय मिटर पश्चिम पहाडको बीचमा ठूलो ढुंगामा छ बाघभैरव मन्दिर । मन्दिरमा मंसिर र वैशाख पूर्णिमामा मेला लाग्छ । ढुंगा बाघ आकारमा रहेकाले त्यसलाई साक्षात प्रकृतिरूपी बाघ भैरव नामाकरण गरेको भनाई छ । बाघ भैरवको शिला टाढाबाट हेर्दा बाघ जस्तै देखिन्छ ।

यो रुट साइक्लिङका, बाईकिङका लागि समेत उपयुक्त छ । सूर्यविनायक देखि घ्याम्पेडाँडा सम्मै कालोपत्रे भैसकेको छ । माथि रानीकोटसम्म कच्ची मोटरबाटो छ । रानीकोटलाई केन्द्र मानेर डोलेश्वर, अनन्तलिंगश्वर, लाँकुरी भञ्याङ र फूलचोकी हाइकिङ गर्न सकिन्छ ।

सूर्यविनायकबाट रानीकोट पुगेर गुण्डु हुँदै कटुञ्जेको शुवर्णेश्वर महादेव मन्दिर पुगेर पदयात्रा विसर्जन गर्न सकिन्छ । अथवा देउराली, अनन्तलिंगश्वर हुँदै तर्खगाल पनि पुग्न सकिन्छ । रानीकोटमा केही होटल र रिसोर्टहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 25 November 2023
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो