दुर्गा प्रसाईं नेतृत्वको समूहद्वारा भक्तपुरको ठिमी क्षेत्रमा प्रदर्शन

दुर्गा प्रसाईं नेतृत्वको समूहद्वारा भक्तपुरको ठिमी क्षेत्रमा प्रदर्शन : Icon Khabar

भक्तपुर, मंसिर ८ । दुर्गा प्रसाईं नेतृत्वको समूहले भक्तपुरको सानोठिमी क्षेत्रमा प्रदर्शन गरेको छ । काठमाडौंको तीनकुनेमा प्रशासनले प्रदर्शन गर्न नदिने भएपछि प्रसाईं समर्थकहरुले भक्तपुर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रसाईं समर्थकहरूले अहिले पुरानो ठिमी कमेरोटारस्थित मुख्य सडकमा प्रदर्शन गरिरहेका छन् । अहिले पुरानो ठिमी हुँदै भक्तपुर जाने सडक अवरुद्ध भएको छ ।

तीनकुने क्षेत्रमा प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रसाईं समूहले बिहीबार राजधानीको बल्खु क्षेत्रमा प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा झडप भएको थियो ।

Published Date: 24 November 2023
Website | + posts




















ताजा
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो


ट्रेन्डिङ
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?