अब हलमा नेपाली चलचित्र प्रदर्शन गर्दा निर्माता र वितरकले ५०-५० प्रतिशत शेयर पाउने

अब हलमा नेपाली चलचित्र प्रदर्शन गर्दा निर्माता र वितरकले ५०-५० प्रतिशत शेयर पाउने : Icon Khabar

काठमाडौँ, मंसिर ७ । अब हलमा नेपाली चलचित्र प्रदर्शन गर्दा नेपाली चलचित्र निर्माताले ५० प्रतिशत शेयर पाउने भएका छन् । बिहीबार चलचित्र संघ र चलचित्र निर्माता संघबीच बराबर शेयर पाउने सम्झौता भएको हो ।

उक्त सम्झाैता पत्रमा चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले हस्ताक्षर गरेका हुन् ।

सम्झाैता अनुसार अब सबै नेपाली चलचित्र निर्माता र वितरकले ५०-५० प्रतिशत शेयर पाउने भएका हुन् । चलचित्र ‘दिमाग खराब’ प्रदर्शनमा आएको कात्तिक २४ गतेदेखि यो व्यवस्था लागू हुने भएकाे हाे ।

मंगलबार र बुधबार दुवै चलचित्रसम्बन्धी संस्थाका वार्ता टोलीले शेयर बाँडफाँटको विषयमा वार्ता गरिरहेकाे थियाे । चलचित्र ‘दिमाग खराब’का निर्माताले माग पुरा भएपछि दुवै संस्थाका वार्ता टोलीले जुटाएको सहमतिलाई कार्यसमितिले अनुमोदन गरेकाे हाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 November 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट