अब हलमा नेपाली चलचित्र प्रदर्शन गर्दा निर्माता र वितरकले ५०-५० प्रतिशत शेयर पाउने

अब हलमा नेपाली चलचित्र प्रदर्शन गर्दा निर्माता र वितरकले ५०-५० प्रतिशत शेयर पाउने : Icon Khabar

काठमाडौँ, मंसिर ७ । अब हलमा नेपाली चलचित्र प्रदर्शन गर्दा नेपाली चलचित्र निर्माताले ५० प्रतिशत शेयर पाउने भएका छन् । बिहीबार चलचित्र संघ र चलचित्र निर्माता संघबीच बराबर शेयर पाउने सम्झौता भएको हो ।

उक्त सम्झाैता पत्रमा चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले हस्ताक्षर गरेका हुन् ।

सम्झाैता अनुसार अब सबै नेपाली चलचित्र निर्माता र वितरकले ५०-५० प्रतिशत शेयर पाउने भएका हुन् । चलचित्र ‘दिमाग खराब’ प्रदर्शनमा आएको कात्तिक २४ गतेदेखि यो व्यवस्था लागू हुने भएकाे हाे ।

मंगलबार र बुधबार दुवै चलचित्रसम्बन्धी संस्थाका वार्ता टोलीले शेयर बाँडफाँटको विषयमा वार्ता गरिरहेकाे थियाे । चलचित्र ‘दिमाग खराब’का निर्माताले माग पुरा भएपछि दुवै संस्थाका वार्ता टोलीले जुटाएको सहमतिलाई कार्यसमितिले अनुमोदन गरेकाे हाे।

Published Date: 23 November 2023






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता