काठमाडौंको बल्खु चोकमा ढुंगामुढा, केही बाइक र गाडीमा पनि क्षति

काठमाडौंको बल्खु चोकमा ढुंगामुढा, केही बाइक र गाडीमा पनि क्षति : Icon Khabar

काठमाडौँ, मंसिर ७ । काठमाडौंको बल्खु चोकमा ढुंगामुढा भएको छ। कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो ।

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ । त्यही बेला युवासंघको र्‍याली बल्खुमा पुगेको थियो । युवा संघले भने तीनकुनेमा प्रदर्शन गर्दै छ । ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ भने केही बाइक र गाडीमा पनि क्षति पुगेको छ ।

अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 November 2023
Website | + posts