केपी ओली कप टी– २० क्रिकेटको तयारी पूरा

केपी ओली कप टी– २० क्रिकेटको तयारी पूरा : Icon Khabar

पोखरा, मंसिर ५ । पोखरामा यहि मंसिर ७ गतेबाट सुरु हुने प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले तयारी पूरा भएको जनाएको हो । प्रतियोगिताको उद्घाटन ऐकडेमीका संरक्षक एवं परिकल्पनाकार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजनाले जानकारी दिएको छ ।

मंसिर १५ गते सम्म पोखरा रंगशालमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, ३ विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लव, सशस्त्र प्रहरीको एपीएफ क्लब तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको २ टिम गरी १२ टिमको सहभागिता रहने छ ।

समूह ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, समूह ‘बि’ मा एपिएफ, लुम्बिनी र गण्डकी, समूह ‘सि’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम तथा समूह ‘डि’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो एक आपसमा भिड्नेछन् ।

उपाधि विजेताले पुरस्कार नगद रु ५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद रु २ लाख पचास हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

म्यान अफ द सिरिजले नगद ३० हजार रूपैयाँ, बेस्ट व्यटार र बलरले जनही नगद २०÷२० हजार रूपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । खेल सम्पन्न गर्नको लागि करिब ७७ लाख खर्च लाग्ने अनुमान गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए ।

एकेडेमीले अनुसाशित, राष्ट्रप्रेमी, मेहनती र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल प्रशिक्षण, खेल गतिविधि र प्रतिस्पर्धाहरु आयोजना गरिरहेको जानकारी दिंदै अध्यक्ष आचार्यले यस प्रतियोगिताले खेल पर्यटनमार्फत यस क्षेत्रको खेल विकास संगै आर्थिक समृद्धिका लागि समेत महत्वपूर्ण हुने उल्लेख गरे ।

पत्रकार सम्मेलनमा एकेडेमीका उपाध्यक्ष राजेशकुमार गुरुङ, उपमहासचिव सूवर्ण श्रेष्ठ, एकेडेमीअन्तर्गत गठित क्रिकेट विभाग प्रमुख एवं पूर्व क्रिकेटर शक्ति गौचनले समेत आफ्ना भनाई राख्दै प्रतियोगितालाई सफल बनाउन सबैसंग आग्रह गरे ।

Published Date: 21 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु