कोमल वलीलाई मातृशोक : ‘मलमल किरी जुनकिरी’ की संकलक दीपाको निधन

कोमल वलीलाई मातृशोक : ‘मलमल किरी जुनकिरी’ की संकलक दीपाको निधन : Icon Khabar

काठमाडौं , मंसिर २ । गायिका, एमाले नेतृ तथा पूर्व राष्ट्रियसभा सदस्य कोमल वलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो ।

उनको शनिबार दिउँसो ११ः४२ बजे निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् । केहि समयदेखि हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट पीडित वलीको केही सातायता अल्का अस्पतालमा उपचार भइरहेको थियो । १९९८ सालमा रोल्पामा जन्मिएकी दीपा वलीले संकलन गरेको ‘मलमल किरी जुनकिरी’ बोलको गीतले नै कोमल वलीलाई गायनमा स्थापित गराएको थियोे । दीपा वलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जन बढी गीत रेकर्ड भएका छन् ।

दीपा ललित ट्रष्टकी संरक्षक रहेकी दीपा वली २०४३ सालमा राप्ती अञ्चल महिला संगठनमा उपसभापति भएकी थिइन् । उनी नेपाल रेडक्रसकी आजीवन सदस्य पनि हुन् । उनका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।

Published Date: 18 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु