चर्को नुन स्वास्थ्यका लागि हानिकारक, खानामा नुनको ठिक मात्रा राख्दै हुनुहुन्छ नि ? 

चर्को नुन स्वास्थ्यका लागि हानिकारक, खानामा नुनको ठिक मात्रा राख्दै हुनुहुन्छ नि ?  : Icon Khabar

काठमाडौँ, मंसिर २ । बदलिँदो जीवनशैलीसँगै हाम्रो खानपान पनि परिवर्तन हुँदैंछ। खानाको टेबलदेखि फास्टफुडसम्म सबैमा नुनै–नुन अत्यधिक पाइन्छ। यसकारण चर्को नुन खाने बानी हुन्छ मानिसहरुमा। तर, चर्को नुन खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ। लामो र स्वस्थ जीवनका लागि नुनको कम सेवन नै उपयुक्त हुन्छ।

किन चाहिन्छ नुन हामीलाई?
नालाई अवशोषित गर्न नुनको आवश्यकता हुन्छ। नुनले मष्तिष्कको कोशिकाबाट एसिडिटीलाई बाहिर निकाल्छ। नुनविना मिर्गौलाले पनि ठीकसंग काम गर्न सक्दैन। नुनले तनाव र भावनात्मक समस्यामा पनि राहत दिन्छ। यसले ब्लड सुगको स्तरलाई कम गर्छ र डाइबिटिजबाट पीडित मानिसहरुलाई इन्सुलिनको आवश्यकता पनि कम पर्छ। साथै मांसपेशीलाई सुचारु गर्न पनि नुनको अहम् भूमिका हुन्छ।

रक्तचापमा फाइदा:
बेलायती पत्रिका डेली मेलमा प्रकाशित एक अनुसन्धानअनुसार रक्तचापको मामलामा नुनको भूमिका त्यति नोक्सानदायक हुँदैंन, जति हामी सोच्छौं। ८ हजार फ्रेन्चमा गरिएको एक अध्ययनका क्रममा उच्च रक्तचापका बिरामीको उमेर, रक्सी सेवनको दर, बडी मास इन्डेक्सलगायत स्तरमा अध्ययन गरिएको थियो। त्यसैअनुसार रक्तचापमा नुनको भूमिका नोक्सानदायी नभएको निष्कर्ष निकालिएको हो।

आयोडिनको भरपूर मात्रा
बढी नुनले असर गर्छ भने खानै छाड्नैचाहिँ गर्नुहुन्न। कस्तो नुन खाइएको छ भनेर पनि ध्यान दिनुपर्छ। डाक्टरहरुका अनुसार नुन आयोडिनयुक्त हुनु आवश्यक छ। आयोडिनको कमीले कण्ठरोग लाग्ने सम्भावना हुन्छ। आयोडिन बढी पाइन्छ भनेर नुन बढी पनि खानुहुन्न। आयोडिन आलू तथा हरिया सागसब्जीमा पनि पाइन्छ।

हृदयाघातबाट बचाउँछ
एक अध्ययनका क्रममा कम नुन खाने व्यक्तिमा बढी नुन खाने व्यक्तिको तुलनामा हृदयाघातको खतरा बढी रहेको पाइएको थियो। यो अध्ययन अमेरिकाको अमेरिकन अफ जनरल एशोसियसनले गरेको थियो। अकाल मृत्युलाई कम गर्न आजकाल बजारमा पाइने जंकफुडमा नुनको मात्रा बढी पाइन्छ। यस्ता खानाले स्ट्रोकको गम्भीर खतरा बढाउन सक्छ। विश्वमा बर्सेनि लाखौं मानिस हृदयरोग एवं स्ट्रोकका कारण मर्ने गरेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार दैनिक भोजमा नुन समावेश गर्ने हो भने विश्वमा हरेक वर्ष हुने २५ लाख अकाल मृत्युलाई कम गर्न सकिन्छ।

कति सेवन गर्ने नुन?
बढी नुन उच्च रक्तचाप र कम नुन न्युन रक्तचापको कारण बन्छ। कम या अधिक मात्रामा नुनको सेवनले मांसपेशीको ऐंठन हुन्छ। यसकारण नुन उचित मात्रामा सेवन गर्नु जरुरी हुन्छ। डब्लुएचओका अनुसार उच्च रक्तचापको शिकार भएका मानिसहरुले दैनिक बढीमा ३ चम्चाभन्दा बढी नुन खानु हुन्न।

Published Date: 18 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु