आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, मंसिर २ । आज २०८० मंसिर २ गते शनिबार, तद्अनुसार १८ नोभेम्बर २०२३ । आज कात्तिक शुक्लपक्ष पञ्चमी, ०९ः५४ बजेपछि षष्ठी, उत्तराषाढा– नक्षत्र, शूल- योग, वालव- करण, चन्द्र राशि- धनु, सूर्योदय- ६ः२८, सूर्यास्त- १७ः०९ ।

आजको राशिफल

मेष: अप्रत्याशित लाभ हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । स्वास्थ्यप्रति लापरवाही नगर्नु होला ।

वृष: फजूल खर्च हुनेछ । बोलीमा नियन्त्रण राख्नु होला । रोकिएको धन पाइनाले लगानीमा वृद्धिको योग छ ।

मिथुन: विवादबाट क्लेश हुनेछ । शारीरिक कष्टको सम्भावना छ । यात्रा सफल रहने छ ।

कर्कट: नयाँ काम, व्यवसायको बारेमा चर्चा हुनेछ । जोखिमबाट बच्नु होला । हतार नगर्नु होला ।

सिंह: धर्म–कर्ममा रुचि रहने छ । यात्रा सफल रहने छ । धन प्राप्ति सुगम हुनेछ ।

कन्या: चोट, चोरी तथा विवाद आदिबाट हानि हुन सक्ने छ । पुराना रोग बल्झिन सक्ने छ । रचनात्मक कार्य गर्नु
हुनेछ ।

तुला: शारीरिक कष्टबाट बाधा हुनेछ । घर–परिवारको सहयोग पाइने छ । काममा मन लाग्ने छ ।

वृश्चिक: सोचेका काममा मनले चाहेको सफलता मिल्ने छ । व्यापारिक निर्णय समयमै लिनु होला । पुराना रोग
बल्झिने सम्भावना छ ।

धनु: पार्टी अथवा पिकनिकको आनन्द मिल्ने छ । विद्यार्थी वर्गले सफलता पाउने छन् । लाभदायक समाचार
आउने छ ।

मकर: व्यस्तता बढ्ने छ । दुःखद समाचार आउन सक्छ, धैर्य रहनु होला । रोजगारको क्षेत्रमा समस्या बढ्न सक्छ

कुम्भ: प्रयास सफल रहने छ । प्रशंसा प्राप्त हुनेछ । धन प्राप्ति सुगम हुनेछ । लगन, मेहनतको उचित फल
मिल्न सक्छ ।

मीन: पुराना साथीहरुसंग भेटभाट हुनेछ । शुभ समाचार प्राप्त हुनेछ । व्यवसायिक सफलताले मनोबल बढ्ने छ ।

Published Date: 18 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु