कोशीमा एमालेलाई सरकारबाट नबाहिरिन आग्रह गरेका छौँ : शेखर कोइराला

कोशीमा एमालेलाई सरकारबाट नबाहिरिन आग्रह गरेका छौँ : शेखर कोइराला : Icon Khabar

काठमाडौं, मंसिर १ ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा आफुहरुले नेकपा एमालेलाई सरकारबाट नबाहिरिन आग्रह गरेको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले अहिले पनि कोशी प्रदेशमा एमालेलाई सरकारमा ल्याउने प्रयास भईरहेको बताउँदै बजेट आएपछि सरकारले पूर्णता पाउने समेत बताए । उनले अब पनि सहमतिको सरकार बनाउने प्रयास जारी रहेको धारणा राखे । नेता कोइरालाले जनतालाई आशा देखाउने गरी सरकारले काम गर्न नसकेको बताउदै चिन्तित हुनुपर्ने अवस्था भने नआएको जिकिर गरे । उनले गणतन्त्र खराब व्यवस्था नभएपनि राजनैतिक दलका नेताहरुको कारण बद्नाम भएको र जनतामा निराशा छाएको धारणा राखे ।

नेता कोइरालाले मिडियाले सरकारको विरोध गर्ने कार्यलाई सल्लाहका रुपमा लिएर सच्चिदै जानुपर्ने र सरकार प्रमुखबाट बेला बेलामा भईरहेको अभिव्यक्तिले पनि अराजकता निम्तिएको बताए । नेता कोइरालाले अन्य देशहरुको उदाहरण दिदै सामाजिक संजालहरुलाई नियमन गर्नुपर्ने बेला सरकारले टिकटक माथि प्रतिबन्ध लगाउनु ठूलो गल्ती भएको बताए ।

Published Date: 17 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु