उपत्यकामा तिहारको अवधिमा एक करोड बराबरको चोरी, भक्तपुरमा मात्रै सात स्थानमा चोरी

उपत्यकामा तिहारको अवधिमा एक करोड बराबरको चोरी, भक्तपुरमा मात्रै सात स्थानमा चोरी : Icon Khabar

काठमाडौँ, मंसिर १ । उपत्यकाका तीन जिल्लामा दसैँपछि र तिहारको अवधिमा एक करोड तीन लाख रुपियाँ बराबरको चोरी भएको छ । यो अवधिमा काठमाडौँका विभिन्न २० स्थानमा २७ लाख ७९ हजार ४४५ रुपियाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले कात्तिक ११ देखि ३० गतेसम्ममा काठमाडौँका २०, ललितपुरका १० र भक्तपुरका सात स्थानमा चोरीका घटना भएको जानकारी दिए।

उनका अनुसार ललितपुरका १० स्थानमा २५ लाख ३० हजार ७५० रुपियाँ बराबरको चोरी भएको छ । त्यसै गरी भक्तपुरका सात स्थानमा ५० लाख ५६ हजार रुपियाँ बराबरको चोरी भएको छ । उनले चोरीका घटनामा संलग्न सात जनालाई नियन्त्रणमा लिइएको बताए। प्रवक्ता मैनालीले सोही अवधिमा काठमाडौँमा पाँच स्थानमा लुटपाट गर्ने तीन जनालाई पक्राउ गरिएको बताए। उनका अनुसार घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चाडपर्वको बहानामा तास र लङ्गुरबुर्जा खेल्ने १३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँका १२, ललितपुर र भक्तपुरमा दुई–दुई स्थानबाट प्रहरीले ६९ बुक ताससहित अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूका साथबाट प्रहरीले २१ लाख ७१ हजार ३३५ रुपियाँ बरामद गरेको छ । प्रवक्ता मैनालीले सोही अवधिमा काठमाडौँ र ललितपुरका एक–एक स्थानबाट कौडा खेल्ने ३२ जनालाई १२ लाख ९१ हजार ५५० रुपियाँसहित पक्राउ गरिएको बताए । प्रहरीले आठ जनालाई पटाकासहित पक्राउ गरेको छ ।

Published Date: 17 November 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु