आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौँ, कार्तिक २४ । आज २०८० कात्तिक २४ गते शुक्रबार, तद्अनुसार १० नोभेम्बर २०२३ । आज कार्तिक कृष्ण द्वादशी, विषकुम्भ तैतल हस्ता, धन त्रयोदशी व्रत (धन्तेरस), प्रदोष व्रत, शान्ति र विकाशका लागि विश्व विज्ञान दिवस ।

आजको राशिफल

मेष: राजकीय सहयोगले कार्य पूर्ण हुनेछ । व्यापार–व्यवसायले मनोनुकूल लाभ दिनेछ । लगानी शुभ रहने छ ।

वृष: उन्नतिका मार्ग प्रशस्त हुनेछन् । व्यवसायमा वृद्धि हुनेछ । लाभको अवसर हात पर्नेछ ।

मिथुन: रचनात्मक कार्य सफल रहने छ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । मनोरञ्जनका साधन उपलब्ध हुनेछन् ।

कर्कट: मेहनत बढी गर्नु पर्नेछ । व्यवसाय–व्यापारबाट मनोनुकूल लाभ हुनेछ । हल्का हा“सो ठटुटाबाट बच्नु होला ।

सिंह: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार–व्यवसायबाट मनोनुकूल लाभ मिल्ने छ । धन प्राप्ति सुगम हुनेछ ।

कन्या: पुराना साथी तथा आफन्तहरुसंगको भेटघाट सुखद हुनेछ । सुखद समाचार प्राप्त हुनेछ । मान बढ्ने छ ।

तुला: नवीन वस्त्राभूषणमा खर्च हुनेछ । परीक्षा तथा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ । यात्राबाट मनोनुकूल लाभ मिल्ने छ ।

वृश्चिक: परिवारमा सुख–शान्ति कायम रहने छ । अनावश्यक खर्च हुनेछ । कुनै पनि निर्णय लिन हतार नगर्नु होला ।

धनु: डूबेको रकम प्राप्त हुनसक्छ । यात्रा मनोनुकूल रहने छ । नया“ काम हात पर्नेछ ।

मकर: योजना पुरा हुनेछ । कार्यपद्धतिमा सुधार हुनेछ । कार्यसिद्धिले प्रसन्नता रहने छ ।

कुम्भ: अध्यात्ममा रुचि रहने छ । कुनै धार्मिक आयोजनामा भाग लिने मौका हात पर्नेछ । लगानी शुभ रहने छ ।

मीन: व्यवसायबाट लाभ हुनेछ । लगानी गर्न नहतारिनु होला । सवारीसाधन, मेशीन तथा आगोको प्रयोगमा सावधानी अपनाउनु होला ।

Published Date: 10 November 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग