ग्यालेक्सी एस२३ एफ इः अल्टिमेट फ्यान एडिसन अब नेपालमा चाँडै आउँदै

ग्यालेक्सी एस२३ एफ इः अल्टिमेट फ्यान एडिसन अब नेपालमा चाँडै आउँदै : Icon Khabar

काठमाडौँ, कार्तिक २३ । ग्यालेक्सी एस२३ सिरिजको अपार सफलता पश्चात् सामसङ्ग नेपालले सर्वाधिक प्रतिक्षा गरिएको विशेष फ्यान एडिसन– नयाँ ग्यालेक्सी एस२३ एफ इ बजारमा ल्याउने सम्पूर्ण तयारी पूरा गरेको छ ।

ग्यालेक्सी एस२३ सिरिज विश्वव्यापी रुपमा नै लोकप्रिय भइ उपभोक्ताहरुको सबै ध्यान आफूमा केन्द्रित गर्न सफल भएको छ । ग्यालेक्सीका प्रशन्सकहरुले देखाएको अभिरुची र प्रेरणाबाट उत्साहित हुँदै सामसङ्ग इलेक्ट्रोनिक्सले आफ्नो एस२३ सिरिजका फोनहरुको विशेषताहरुलाई कायम राख्दै अत्यन्त सुलभ मुल्यदरको नयाँ ग्यालेक्सी एस२३ एफ इ विश्व बजारमा ल्याइसकेको छ ।

ग्यालेक्सी एस२३ एफ इ, एस२३ सिरिजकै एक्सटेनशन होे, जसमा ग्यालेक्सीका प्रशँसकहरुले मनपराएका मुख्य विशेषताहरुलाई सुलभ मुल्यमा साथ एउटा एपिक स्मार्टफोनमा समाविष्ट गरिएको छ । फ्लाग्शिप मोबाइलको अनुभव लिन वा आफ्नो मोबाइललाई अपग्रेड गर्न चाहने ग्राहकहरुका लागि यो नयाँ एफ इ अत्यन्तै उपयुक्त हुनेछ ।

नयाँ एस२३ एफ इ मा भएको सर्वोत्कृष्ट कार्य क्षमताहरुले ग्यालेक्सी प्रयोगकर्ताहरुलाई उनीहरुको क्रिएटिभिटि र प्रडक्टिभिटि अझ बढाउन मद्दत गर्नेछ । ग्यालेक्सी एस२३ एफ इ आउँदो डिसेम्बरमा नेपाली बजारमा प्रवेश गरेर तहल्का मच्चाउन तम्तयार रहेको छ । यो मोबाइलको प्री–अर्डर देशभरका सामसङ्ग स्टोरहरुबाट नोभेम्बरको अन्तिम साताबाट खुला हुने अपेक्षा गरिएको छ ।

Published Date: 09 November 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी