ग्यालेक्सी एस२३ एफ इः अल्टिमेट फ्यान एडिसन अब नेपालमा चाँडै आउँदै

ग्यालेक्सी एस२३ एफ इः अल्टिमेट फ्यान एडिसन अब नेपालमा चाँडै आउँदै : Icon Khabar

काठमाडौँ, कार्तिक २३ । ग्यालेक्सी एस२३ सिरिजको अपार सफलता पश्चात् सामसङ्ग नेपालले सर्वाधिक प्रतिक्षा गरिएको विशेष फ्यान एडिसन– नयाँ ग्यालेक्सी एस२३ एफ इ बजारमा ल्याउने सम्पूर्ण तयारी पूरा गरेको छ ।

ग्यालेक्सी एस२३ सिरिज विश्वव्यापी रुपमा नै लोकप्रिय भइ उपभोक्ताहरुको सबै ध्यान आफूमा केन्द्रित गर्न सफल भएको छ । ग्यालेक्सीका प्रशन्सकहरुले देखाएको अभिरुची र प्रेरणाबाट उत्साहित हुँदै सामसङ्ग इलेक्ट्रोनिक्सले आफ्नो एस२३ सिरिजका फोनहरुको विशेषताहरुलाई कायम राख्दै अत्यन्त सुलभ मुल्यदरको नयाँ ग्यालेक्सी एस२३ एफ इ विश्व बजारमा ल्याइसकेको छ ।

ग्यालेक्सी एस२३ एफ इ, एस२३ सिरिजकै एक्सटेनशन होे, जसमा ग्यालेक्सीका प्रशँसकहरुले मनपराएका मुख्य विशेषताहरुलाई सुलभ मुल्यमा साथ एउटा एपिक स्मार्टफोनमा समाविष्ट गरिएको छ । फ्लाग्शिप मोबाइलको अनुभव लिन वा आफ्नो मोबाइललाई अपग्रेड गर्न चाहने ग्राहकहरुका लागि यो नयाँ एफ इ अत्यन्तै उपयुक्त हुनेछ ।

नयाँ एस२३ एफ इ मा भएको सर्वोत्कृष्ट कार्य क्षमताहरुले ग्यालेक्सी प्रयोगकर्ताहरुलाई उनीहरुको क्रिएटिभिटि र प्रडक्टिभिटि अझ बढाउन मद्दत गर्नेछ । ग्यालेक्सी एस२३ एफ इ आउँदो डिसेम्बरमा नेपाली बजारमा प्रवेश गरेर तहल्का मच्चाउन तम्तयार रहेको छ । यो मोबाइलको प्री–अर्डर देशभरका सामसङ्ग स्टोरहरुबाट नोभेम्बरको अन्तिम साताबाट खुला हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 November 2023
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने