८०४ ओटा आईफोन १५ सिरिजका फोन ब्लक गर्दै एमडिएमएस लागु

८०४ ओटा आईफोन १५ सिरिजका फोन ब्लक गर्दै एमडिएमएस लागु : Icon Khabar

काठमाडौँ, कार्तिक २१ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्ण रुपमा कार्यान्वयन गर्दै दर्ता नभएका फोन ब्लक गरेको छ । हिजो राति ९ बजेदेखि आईफोन १५ सिरिजका फोन ब्लक गर्दै एमडिएमएस लागु भएको हो ।

यस अघि गत पुस १५ देखि नै एमडिएमएस लागु गर्न खोजिएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हस्तक्षेपका कारण सो प्रणाली लागु हुन सकेको थिएन । अब भने एमडिएमएसमा दर्ता नभएका फोन नचल्ने भएका छन ।

प्राधिकरणले एमडीएमएसमा दर्ता नभएका ८०४ ओटा आईफोन १५ सिरिजका फोनमा दूरसञ्चार सेवा बन्द गरेको छ । प्राधिकरणका सह प्रवक्ता अच्युतानन्द मिश्रले पहिलो चरणमा साढे आठ सय फोनमा नेटवर्क बन्द गरेको बताए ।

‘साढे आठ सय फोनमा दूरसञ्चार सेवा बन्द भएको छ । अब क्रमस आइफोन १४, १३ लगायतका सिरजका फोन पनि बन्द हुँदै जाने छन,’ उनले भने । यस्ता उच्च मूल्यका दर्ता नभएकामा मोबाइल चार हजार हाराहारी रहेको उनको भनाइछ ।

एमडिएमएमा दर्ता भएका फोनमा दूरसञ्चार सेवा अर्थात टेलिमक र एसेलको सिम नचले पनि वायेरलेस वाइफाई भने चल्ने छ । गत असोजसम्म सरकारले फोन दर्ता गर्ने समय दिए पनि प्रयोगकर्ताले राजस्व तिरेर फोन दर्ता गर्ने इच्छा नदेखाएपछि प्राधिकरण एक्सनमा गएको हो ।

अर्थमन्त्रालयले एक लाख रुपैयाँभन्दा बढी मूल्यका र आईफोनका लागि फोनसेट १० हजार रुपैयाँ राजस्व तोकेका छ । अन्य स्मार्टफोनका लागि प्रति फोन सेट तीन हजार रुपैयाँ भुक्तानी गरी एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।

व्लक भएका मोबाइल प्रयोगकर्ताले राजश्व बुझाएर पुनः चलाउन पाउने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 November 2023
Website | + posts