काठमाडौं, कार्तिक २१ । मंगलबार नेप्से परिसूचक ११.२२ अंकले बढेर १८५८.७६ अंकमा आइपुगेको छ ।
आज ९९ करोड ६५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । निर्जीवन बिमाबाहेक बाँकी सबै समूह बढेका छन् ।
आज २८५ कम्पनीको ४३ लाख ३१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९ करोड १६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन बैंकको संस्थापक सेयर अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः माछापुच्छ्रे बैंक र सोना मिनरल्स एन्ड आयल लिमिटेड परेका छन् ।
Published Date: 07 November 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1