तिहार लगत्तै “बलिदान” कोे छायाङ्कन हुने, २०८१ सालको दशैंमा प्रदर्शनमा आउने

तिहार लगत्तै “बलिदान” कोे छायाङ्कन हुने, २०८१ सालको दशैंमा प्रदर्शनमा आउने : Icon Khabar

काठमाडौँ, कार्तिक २१ । आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्म ’बलिदान’को ’थिम लुक’ सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मको प्रदर्शन मिती पनि उल्लेख छ ।

’थिम लुक’मा सार्वजनिक सामग्री अनुसार ’बलिदान’को कथामा राज्यका अधिकार प्रयोग गर्न सक्ने वर्ग र राज्यबाट किनारा पारिएका वर्गका बिच हुने अधिकारका द्वन्द्व तथा राजनीतिक, सामाजिक द्वन्द्व, विभिन्न आन्दोलनहरूका उत्पत्ति, कारण र परिणामलाई चित्रण हुनेछ । निर्माता सन्तोष सेनले निर्देशन गर्ने फिलमलाई आउँदो दशैंको फूलपातीमा प्रदर्शन गर्ने पोस्टरमा उल्लेख छ ।

आसुसेन प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने यस फिल्मको ’स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित रहेका छन् ।

फिल्मका निर्माता तथा निर्देशक सेनले यो फिल्मलाई एक सार्वभौम महाकथा भनेका छन् । “नेपालको पछिल्लो राजनीति तथा मधेसमा भएका आन्दोलनका मुद्दामा आधारित छ कि छैन भन्ने सन्दर्भमा शान्तिपूणर् आन्दोलन गर्दा आफ्नो स्वार्थको दाल दल्ने देशी विदेशी कुटिलहरू प्रवेश गरी उत्पन्न हुने बीभत्स परिवेशलाई चित्रण गर्ने हुनाले यसको कथा नेपालको मधेसको त हो नै, साथै जहाँ पनि र जहिले पनि यस्ता मुद्दा चलिरहने हुँदा एक सार्वभौमिक महाकथा हो“ सेनले बताए ।

तिहार लगत्तै बलिदानकोे छायाङ्कन हुनेछ । पछिल्लो पटक सेनले निर्माण, निर्देशन र अभिनय गरेको फिल्म ‘प्रेम गीत ३’ प्रदर्शनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 November 2023
Website | + posts




ताजा
बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा पहिरो खस्यो, यातायात सेवा अवरुद्ध
आइतबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्यो
सामाजिक सुरक्षा कोषमा हालसम्म रु ९४ अर्ब रकम जम्मा


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने