तिहार लगत्तै “बलिदान” कोे छायाङ्कन हुने, २०८१ सालको दशैंमा प्रदर्शनमा आउने

तिहार लगत्तै “बलिदान” कोे छायाङ्कन हुने, २०८१ सालको दशैंमा प्रदर्शनमा आउने : Icon Khabar

काठमाडौँ, कार्तिक २१ । आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्म ’बलिदान’को ’थिम लुक’ सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मको प्रदर्शन मिती पनि उल्लेख छ ।

’थिम लुक’मा सार्वजनिक सामग्री अनुसार ’बलिदान’को कथामा राज्यका अधिकार प्रयोग गर्न सक्ने वर्ग र राज्यबाट किनारा पारिएका वर्गका बिच हुने अधिकारका द्वन्द्व तथा राजनीतिक, सामाजिक द्वन्द्व, विभिन्न आन्दोलनहरूका उत्पत्ति, कारण र परिणामलाई चित्रण हुनेछ । निर्माता सन्तोष सेनले निर्देशन गर्ने फिलमलाई आउँदो दशैंको फूलपातीमा प्रदर्शन गर्ने पोस्टरमा उल्लेख छ ।

आसुसेन प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने यस फिल्मको ’स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित रहेका छन् ।

फिल्मका निर्माता तथा निर्देशक सेनले यो फिल्मलाई एक सार्वभौम महाकथा भनेका छन् । “नेपालको पछिल्लो राजनीति तथा मधेसमा भएका आन्दोलनका मुद्दामा आधारित छ कि छैन भन्ने सन्दर्भमा शान्तिपूणर् आन्दोलन गर्दा आफ्नो स्वार्थको दाल दल्ने देशी विदेशी कुटिलहरू प्रवेश गरी उत्पन्न हुने बीभत्स परिवेशलाई चित्रण गर्ने हुनाले यसको कथा नेपालको मधेसको त हो नै, साथै जहाँ पनि र जहिले पनि यस्ता मुद्दा चलिरहने हुँदा एक सार्वभौमिक महाकथा हो“ सेनले बताए ।

तिहार लगत्तै बलिदानकोे छायाङ्कन हुनेछ । पछिल्लो पटक सेनले निर्माण, निर्देशन र अभिनय गरेको फिल्म ‘प्रेम गीत ३’ प्रदर्शनमा आएको थियो ।

Published Date: 07 November 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग