मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो

मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, कार्तिक २१ । सुनको मूल्य मंगलबार तोलामा ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १५ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १४ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, सोमबार छापावाल सुन १ लाख १५ हजार ४०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १४ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १४ सय ५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय १५ रुपैयाँ कायम थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९७१.८९ डलरमा र चाँदी प्रतिऔंस २२.८८ डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 November 2023
Website | + posts




ताजा
आज बिहीबारको राशिफल
बुधबार नेप्से परिसूचकमा गिरावट
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने