सिराहाबाट आधुनिक हतियार र नगदसहित तीन जना पक्राउ

सिराहाबाट आधुनिक हतियार र नगदसहित तीन जना पक्राउ : Icon Khabar

सिराहा, कार्तिक २१ । सशस्त्र प्रहरीले सिराहाबाट आधुनिक हतियार र नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।

सोमबार साँझ सिराहाको लहान नगरपालिका-१ सिङ्गराहीमा सशस्त्रको टालीले चेकजाँच गर्ने क्रममा स९प ४९७१ यमहा सोलुटो मोटर साइकलमा सवार तीनजनालाई ९ एमएमको पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका-८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गा- ५ का ३० वर्षीय जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिका-४ का ३५ वर्षीय कासंजयप्रसाद चौधरी रहेको सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डिआजी दिपेन्द्र साहले जानकारी दिए ।

उनीहरूको साथबाट ९ एमएमको एउटा पेस्तोल, एउटा म्याग्जिन, २ थान गोली, नगद एक लाख ८४ हजार २५३ रुपैयाँ, चार थान मोबाइल सेट र विभिन्न कम्पनीको ४ लाख ६४ हजार ५ सय मूल्य बराबरको रिचार्ज कार्ड बरामद भएको डिआइजी साहले बताए ।

उनीहरू अपराघिक गतिविधिमा संलग्न रहेको र भविष्यमा अप्रिय घटना घटाउन सक्ने शंकास्पद भएकाले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 November 2023
Website | + posts










ताजा
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
अब अमेरिका भ्रमण गर्न चाहने व्यक्तिले २५० अमेरिकी डलर भिसा इन्टेग्रिटी शुल्क तिर्नुपर्ने
ह्वावे पुनः चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट