नेपाल समूह विजेता बन्न ओमानसँग खेल्दै

नेपाल समूह विजेता बन्न ओमानसँग खेल्दै : Icon Khabar

काठमाडौं, कार्तिक १६ । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत आज (बिहीबार) नेपाल र ओमान भिड्दै छन् । खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

समूह ‘ए’ मा रहेका दुवै टिम सेमिफाइनल प्रवेश गरिसकेका छन् । यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । समूहका अघिल्ला खेलमा दुबै टोलीले सिंगापुर र मसेसियालाई पराजित गरेका थिए । टी–२० आईमा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ। नेपालले ओमानसँग २०१९ मा चार देश सम्मिलित सिरिज हारेको थियो । नेपाल ६४ रनमा अल आउट हुँदै ६ विकेटले खेल गुमाएको थियो ।

नेपालले २०२२ मा ओमानसँग तीन खेल खेलेको थियो । तीनै खेलमा नेपालले ओमानलाई सहजै हराएको थियो । घरेलु टोली लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ । नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेख राम्रो लयमा छन् । सोमपाल कामी, करण केसी र गुलशन झाबाट नेपालले राम्रो अलराउण्ड प्रदर्शनको अपेक्षा छ । विवेक यादव घरेलु क्रिकेटमा राम्रो अलराउन्डर हुन् ।

आजै हुने समूह एको अन्तिम खेलमा समूह मलेसिया र सिंगापुर प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताबाट बाहिरिसकेका दुवैका लागि सुखद अन्त्य गर्ने मौका हो । आज नै युएई र हंङकङ तथा बहराइन र कुवेत पनि आमने सामने हुनेछन् । यो खेलपछि मात्र समूह बीबाट अन्तिम चारमा पुग्ने टिमको टुंगो लाग्नेछ ।

ओमानको प्लेइङ ११ :

जिशान मकसुदर(कप्तान), अकिब इलियास, कश्याप प्रजापति, शोएब खान, आयन खान, मोहम्मद नसिम(विकेटकिपर), बिलाल खान, कलिमुल्लाह, सकिल अहमद, मेहरान खान र प्रतीक अथावले

नेपालको प्लेइङ ११ :

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 November 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न