एसियाली रग्बी सेभेन्स प्रतियोगिताकालागि रग्बी टोली कतार प्रस्थान

एसियाली रग्बी सेभेन्स प्रतियोगिताकालागि रग्बी टोली कतार प्रस्थान : Icon Khabar

काठमाडौं, कात्तिक १५ । एसियाली रग्बी सेभेन्स प्रतियोगितामा सहभागी हुन राष्ट्रिय पुरुष टोली बुधबार कतारको दोहा प्रस्थान गरेको छ । १२ खेलाडीसहित १५ सदस्यीय टोली कतार प्रस्थान गरेको हो ।

खेलाडीहरुमा विक्रम पुरी, यदु अधिकारी, नवीन गिरी, काल्भिन जोशी, नवीनबहादुर मगर, कपिल सापकोटा, पुजन फेवाली, रमितबहादुर मल, सुरोज राणा, सविन महत, मनोज मगर र महेश सुनार रहेका छन् । प्रशिक्षकमा श्रीलंकाली विजेलाथ सन मार्क विजेसिंघे, व्यवस्थापकमा टंकराज गिरी र फिजियोमा देवान थापा छन् ।

प्रतियोगितामा १५ राष्ट्रको सहभागिता रहेको नेपाल रग्बी संघका सचिव विजय मोक्तानले जनाएका छन् । नेपालले पहिलो खेलमा शुक्रबार पाकिस्तानसंग खेल्ने छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर पौडेल र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 November 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न