सवारी दुर्घटना रोक्न सवारी चालकलाई सम्मान

सवारी दुर्घटना रोक्न सवारी चालकलाई सम्मान : Icon Khabar

झापा, कात्तिक २ । चाडपर्वको अवसरमा हुने सवारी दुर्घटना रोक्न सवारी चालकलाई सम्मान गरिएको छ ।

मेचीनगर नगरपालिका-६ काँकडभिट्टामा चालकलाई जिम्मेवार बनाउन र उनीहरुको आत्मविश्वासलाई बढाउन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आज सम्मान गरेको हो ।

बडादशैं, दीपावली तथा छठपर्वलाई लक्षित गरेर संगठनले थालेको ‘सुरक्षित यात्राका सारथी’ नारासहितको कार्यक्रममा काँकडभिट्टाबाट महेन्द्रनगर, नेपालगन्ज, चरिकोट र पोखराजस्ता लामारुटमा सवारी कुदाएर हालसम्म कुनै दुर्घटना तथा ट्राफिक कारबाहीमा नपरेका चालकलाई अबिर, मालाले सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 October 2023
Website | + posts