नेपालले यूएईलाई सात विकेटले हरायो

नेपालले यूएईलाई सात विकेटले हरायो : Icon Khabar

काठमाडौं, कार्तिक १ । कप्तान रोहितकुमार पौडेलको अर्धशतक प्रेरित नेपालले घरेलु मैदानमा आज (बुधबार) देखि सुरु भएको त्रिदेशीय श्रृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको छ ।

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । चौथो विकेटका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरिले ९३ रनको साझेदारी गरेपछि नेपालले सहज जित हात पारेको हो । एक समय ८.५ ओभरमा ३–५१ को अवस्थामा रहेको नेपाललाई जिततर्फ अघि बढाएका थिए ।

कप्तान पौडेल ५१ र ऐरि ३४ रनमा नटआउट रहे । ४० बलको सामना गरेका कप्तान पौडेलले ५ चौका हाने। ऐरीले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ओपनर कुशल भुर्तेल निलान्स केस्वानीको बलमा १४ रनमा अलि नसिरको हातबाट क्याच आउट भए ।

कुशल मल्ल ११ रन बनाउँदा नसिरले नै रन आउट गराए। आशिफ शेख २३ रनमा क्याच आउट भए । २७ बलमा २ चौका र १ छक्का हानेका आशिफ नसिर कै बलमा मोहम्मद वसिरको हातबाट क्याच आउट भए । त्यसअघि माथिल्लो मुलपानी त्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्यााटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४० रनको योतफल तयार पारेको थियो ।

युएईविरुद्ध नेपालका करण केसी एक्लैले ३ विकेट लिए । करणले आफ्नो स्पेलमा ३ विकेट लिँदा १९ रन खर्चे । गुलसन झाले दुई तथा सोमपाल कामी र अविनास बोहोराले समान १ विकेट दिए । युएईका लागि बसिल अहमदले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ३८ बलमा १ चौका र ४ छक्का हाने । अलि नसिरले ३२ रन थपे । कप्तान मोहम्मद वसिमले १७ तथा आशिफ खानले १५ रन बनाए । नेपालले भोलि बिहीबार हङकङसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 October 2023
Website | + posts




ताजा
एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने
जेनजी आन्दोलनको क्रममा प्रहरी जवानको हत्या आरोपमा थप दुई जना पक्राउ
मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले सस्तियो
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने