नेपालले यूएईलाई सात विकेटले हरायो

नेपालले यूएईलाई सात विकेटले हरायो : Icon Khabar

काठमाडौं, कार्तिक १ । कप्तान रोहितकुमार पौडेलको अर्धशतक प्रेरित नेपालले घरेलु मैदानमा आज (बुधबार) देखि सुरु भएको त्रिदेशीय श्रृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको छ ।

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । चौथो विकेटका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरिले ९३ रनको साझेदारी गरेपछि नेपालले सहज जित हात पारेको हो । एक समय ८.५ ओभरमा ३–५१ को अवस्थामा रहेको नेपाललाई जिततर्फ अघि बढाएका थिए ।

कप्तान पौडेल ५१ र ऐरि ३४ रनमा नटआउट रहे । ४० बलको सामना गरेका कप्तान पौडेलले ५ चौका हाने। ऐरीले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ओपनर कुशल भुर्तेल निलान्स केस्वानीको बलमा १४ रनमा अलि नसिरको हातबाट क्याच आउट भए ।

कुशल मल्ल ११ रन बनाउँदा नसिरले नै रन आउट गराए। आशिफ शेख २३ रनमा क्याच आउट भए । २७ बलमा २ चौका र १ छक्का हानेका आशिफ नसिर कै बलमा मोहम्मद वसिरको हातबाट क्याच आउट भए । त्यसअघि माथिल्लो मुलपानी त्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्यााटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४० रनको योतफल तयार पारेको थियो ।

युएईविरुद्ध नेपालका करण केसी एक्लैले ३ विकेट लिए । करणले आफ्नो स्पेलमा ३ विकेट लिँदा १९ रन खर्चे । गुलसन झाले दुई तथा सोमपाल कामी र अविनास बोहोराले समान १ विकेट दिए । युएईका लागि बसिल अहमदले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ३८ बलमा १ चौका र ४ छक्का हाने । अलि नसिरले ३२ रन थपे । कप्तान मोहम्मद वसिमले १७ तथा आशिफ खानले १५ रन बनाए । नेपालले भोलि बिहीबार हङकङसँग खेल्ने छ ।

Published Date: 18 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु