काभ्रेमा चाडपर्वको समयमा दुर्घटना बढेको भन्दै टिपर चलाउन रोक

काभ्रेमा चाडपर्वको समयमा दुर्घटना बढेको भन्दै टिपर चलाउन रोक : Icon Khabar

काभ्रे, कार्तिक १ । काभ्रेमा टिपर चलाउन रोक लगाइएको छ । चाडपर्वको समयमा दुर्घटना बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

घटस्थापना कै दिन टिपरको ठक्करबाट एक जनाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले कार्तिक २ गते विहान ५ बजेदेखि कार्तिक १३ गते राती ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार चाडपर्वको समयमा सवारी साधनको बाक्लो आवतजावत हुने, ट्राफिक व्यवस्थापन गर्न जटिलता पैदा हुने भएकाले जिल्लाभित्र र जिल्लाभित्रको अरनिको राजमार्ग र वीपी राजमार्गमा टिपर सञ्चालन गर्न रोक लगाउने निर्णय भएको हो । प्रजिअ शर्माको संयोजकत्व, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको उपस्थितिमा बाग्मती टिपर व्यवसायी संघ र अन्य यातायात व्यवसायी समेतको उपस्थितिमा भएको छलफलमा उक्त निर्णय गरिएको हो ।

दुर्घटना बढ्दै गएको भन्दै बैठकले टिपर तथा सार्वजनिक यातायातका चालकहरुलाई सचेतना कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक जनार्दन घिमिरेकाअनुसार, असोज महिनामा भएका २५ सवारी दुर्घटना मध्ये ६ दुर्घटनामा टिपर संलग्न छन् । ७ जनाको ज्यान गएकोमा ३ जनाले टिपरको कारण ज्यान गुमाएका छन् ।

Published Date: 18 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु