काभ्रेमा चाडपर्वको समयमा दुर्घटना बढेको भन्दै टिपर चलाउन रोक

काभ्रेमा चाडपर्वको समयमा दुर्घटना बढेको भन्दै टिपर चलाउन रोक : Icon Khabar

काभ्रे, कार्तिक १ । काभ्रेमा टिपर चलाउन रोक लगाइएको छ । चाडपर्वको समयमा दुर्घटना बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

घटस्थापना कै दिन टिपरको ठक्करबाट एक जनाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले कार्तिक २ गते विहान ५ बजेदेखि कार्तिक १३ गते राती ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार चाडपर्वको समयमा सवारी साधनको बाक्लो आवतजावत हुने, ट्राफिक व्यवस्थापन गर्न जटिलता पैदा हुने भएकाले जिल्लाभित्र र जिल्लाभित्रको अरनिको राजमार्ग र वीपी राजमार्गमा टिपर सञ्चालन गर्न रोक लगाउने निर्णय भएको हो । प्रजिअ शर्माको संयोजकत्व, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको उपस्थितिमा बाग्मती टिपर व्यवसायी संघ र अन्य यातायात व्यवसायी समेतको उपस्थितिमा भएको छलफलमा उक्त निर्णय गरिएको हो ।

दुर्घटना बढ्दै गएको भन्दै बैठकले टिपर तथा सार्वजनिक यातायातका चालकहरुलाई सचेतना कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक जनार्दन घिमिरेकाअनुसार, असोज महिनामा भएका २५ सवारी दुर्घटना मध्ये ६ दुर्घटनामा टिपर संलग्न छन् । ७ जनाको ज्यान गएकोमा ३ जनाले टिपरको कारण ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 October 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने