भारतद्वारा नेपालसहित ७ देशमा प्रतिबन्ध लगाएको चालम निर्यात खुला

भारतद्वारा नेपालसहित ७ देशमा प्रतिबन्ध लगाएको चालम निर्यात खुला : Icon Khabar

काठमाडौं, कार्तिक १ । भारतले प्रतिबन्धका बीच केही देशहरुमा चामल निर्यात खुला गरेको छ ।

नेपालसहित ७ देशमा विभिन्न परिमाणमा गैर–बासमती सेतो चालम निर्यात गर्न भारत सरकारले अनुमति दिएको हो । यी देशहरुमा नेपाल, क्यामरुन, आइभरी कोस्ट, रिपब्लिक अफ गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्ज रहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

यी देशहरुमा नेसनल कोअपरेटिभ एक्सपोर्ट्स लिमिटेडमार्फत चामल निर्यात गर्न अनुमति दिइएको भारतको वैदेशिक व्यापार निर्देशनालयले बुधबार जारी गरेको सूचनामा उल्लेख छ । यसअघि भारतले संयुक्त अरब इमिरेट्स (युएई) र सिंगापुरमा पनि गैर–बासमती सेतो चामल निर्यात गर्न अनुमति दिएको थियो ।

वैदेशिक व्यापार निर्देशनालयले यी देशहरुको खाद्य सुरक्षा आवश्यकता पूरा गर्न र त्यहाँका सरकारहरुको अनुरोधका आधारमा निर्यात खुला गरिएको बताएको छ ।

भारतले सरकार–सरकार (जी टु जी) बीचको सहमतिका आधारमा यी ७ देशहरुमा कुल १०.३४ लाख टन गैर–बासमती सेतो चामल निर्यात गर्न अनुमति दिएको छ ।जसमध्ये सबैभन्दा धेरै फिलिपिन्सलाई २.९५ लाख टन छुट्याइएको छ । यस्तै, क्यामरुनलाई १.९ लाख टन, मलेसियालाई १.७ लाख टन र आइभरी कोस्टलाई १.४२ लाख टन निर्यात हुनेछ ।

यता, रिपब्लिक अफ गिनीमा १.४२ लाख टन, नेपालमा ९५ हजार टन र सेशेल्जमा ८ सय टन निर्यात हुनेछ ।

Published Date: 18 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु